डिल्लीराज पन्त /कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित खप्तड कृषि सहकारी संस्था लिमिटेडले गाईभैंसी पाल्ने किसानहरूलाई निःशुल्क रूपमा भिटामिन, मिनरल्स, औषधि तथा पशु आहार बिउँ विजन वितरण गरेको छ ।

शनिबार आयोजित एक कार्यक्रम बीच भेटेरिनरी तथा पशु विज्ञ केन्द्र महेन्द्रनगरको सहयोगमा दोस्रो बर्ष ईलरी परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष पूर्ण सिंह साउदले जानकारी दिनुभयो । अध्यक्ष साउदले यस्ता कार्यक्रमले कृषकहरूलाई पशुपालन तथा कृषि क्षेत्रमा थप प्रेरित गर्ने बताउँदै कृषि क्षेत्रले बेरोजगारी समस्या समाधानमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

किसानहरूको पशुपालन व्यवसायलाई थप सहज, उत्पादनमुखी तथा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सहकारीले जनाएको छ । पशु स्वास्थ्य सुधार, दूध उत्पादन वृद्धि तथा किसानको आर्थिक अवस्था सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको सहकारीका अध्यक्ष साउँदले बताए । बिगत लामो समय देखि तिलकेनिमा रहेको खप्तड सहकारी संस्थाले ५०० देखि १००० लिटर दुध संकलन गर्दै आउनुको साथै केरा तथा तरकारी खेतीमा समेत यस सहकारीले उल्लेख्य भुमिका निर्वाह गर्दै आएको छ ।

उक्त आयोजित कार्यक्रममा वडा नं.८,९ र १० का करिव २२५ जना कृषकहरुलाई उक्त सामग्री वितरण गरेको सहकारीका अध्यक्ष साउँदले बताएका छन । कार्यक्रममा किसान, कृषि विज्ञ, जनप्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै पशुपालन क्षेत्रमा देखिने विभिन्न समस्या समाधानका लागि आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने सहकारीले जनाएको छ ।






