दोधारा चाँदनीमा खानेपानी सरसफाई तथा स्वच्छता प्रबद्र्धन सम्बन्धी दुई दिने तालिम


पप्पु गुरुङ्ग, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि दुई दिने तालिम आज सम्पन्न भएको छ् । निड्स नेपाल कञ्चनपुरको आयोजना, अक्सफामको साँझेदारी र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा हलमा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई दुई दिने खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तालिम सम्पन्न भएको निड्स नेपाल कञ्चनपुर खानेपानी सरसफाई तथा स्वच्छता प्रबद्र्धधन अधिकृत जिवन भाटले जानकारी दिनुभएको छ् । तालिममा विपतको समयमा सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छताको महत्वका विषयमा छलफल तथा विमर्श गरेर सहभागीकै बिचमा मन्थन गरिएको खानेपानी सरसफाई तथा स्वच्छता प्रबद्र्धधन अधिकृत जिवन भाटले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बसोबास गर्ने १० वटा सामुदायिक विपद् व्यवस्थापन समितिबाट छनौट गरि तालिममा सहभागी गराईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्र बाढीको उच्च जोखिममा रहेको पालिका रहेको हुदा बाढी आएपछि घर, समुदायमा खानेपानी, सरसफाई तथा स्वच्छता बारेमा तालिममा छलफल गरिएको उहाँले बताउनुभयो ।

विपद् बेला सबै भन्दा ठूलो चुनौती सरसफाईकै हुने हुदा विपतमा गुणस्तरीय खानेपानी तथा सरसफाईमा ध्यान नदिदा महामारीनै निम्तिन सक्ने जोखिम बढ्नसक्ने दोधारा चाँदनी नगरपालिका नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । तालिम निकै उपलब्धिमूलक भएको भन्दै विपद्को समयमा मात्र नभई दैनिक जिवनमा समेत गुणस्तरीय खानेपानी र सरसफाईको महत्वबारे जान्नु पर्ने आवश्यक रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । हरेक टोल, बस्तीमा सरसफाईको महत्व, आवश्यकता र दिर्घकालिन असरबारे जानकारी दिएर स्वच्छ, पानी, बानी र वातावरण समाजिक स्तरबाटै सम्भव हुने बताए नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

स्थानियबासीहरुलाई कसरी सरसफाई रहन सकिन्छ, खानेपानीलाई कसरी सफा गरेर पिउने सकिन्छ भन्ने विषयमा रहेर तालिमको आयोजा गरिएको उहाँले बताउनुभयो । खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरुबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने र खानेपानीको सुविधाबाट बञ्चित जनसंख्या सम्म खानेपानी पुगेको सुनिश्चित गर्ने रणनीतिको विकास गर्ने, तथा खानेपानी वितरण प्रणालीको उपयोगिता, वितरण क्षेत्र, दिगोपन र विश्वसनीयतालाई सुदृढिकरण गर्ने निड्स नेपाल स्कोपआरथ्री परियोजनाले कार्यक्रम अघि बढाएको बताईएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img