गर्मी बढे संगै बृद्ध–बृद्धाहरुलाई नि:शुल्क कागती पानी वितरण तथा ‘लु’ सचेतना


पप्पु गुरुङ्ग, कञ्चनपुर । केही दिन देखि अत्यधिक गर्मी बढेसंग कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बृद्ध–बृद्धाहरुलाई निशुल्क कागती पानी बितरण तथा गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपायबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ वडा कार्यालयमा सञ्चालिन सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) को सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा गर्मीको समयमा सामाजिक सुरक्षा भत्ता लिन आएका बृद्ध–बृद्धाहरुलाई निशुल्क कागती पानी संगै गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपायबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) का फिल्ड अधिकृत सुनिल सेठ्ठीले बताउनुभएको छ् ।

केही दिन देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गर्मी संगै तातो हावाको कारण स्थानियबासीहरुको स्वास्थ्यमा समस्या देखिदै आएको बिषयलाई मध्यनजर राख्दै सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्ध–बृद्धाहरुको स्वास्थ्यमा ख्याल राख्दै संस्थाले निशुल्क पिउनको लागी कागती पानी बितरण गरेको फिल्ड अधिकृत सुनिल सेठ्ठीले बताउनुभएको छ् । अत्यधिक गर्मी भएसंगै नेपाल राष्ट्रिय समाज कल्याण संघले सञ्चालन गरेको बृद्ध–बृद्धाहरुलाई कागती पानी बितरण तथा गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपायबारे सचेतना कार्यक्रम प्रशंसनिय रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का कार्यवाहक वडा अध्यक्ष बल बहादुर रावतले बताउनुभएको छ् ।

तातो हावाबाट बच्न संस्थाले सञ्चालन गरेको कार्यक्रमले आमनागरिकमा सकारात्मक प्रभाव परेको कार्यवाहक वडा अध्यक्ष बल बहादुर खड्काले बताउनुभयो । अत्यधिक गर्मीको कारण दोधारा चाँदनीमा दिउसो बजार र ग्रामीण सडकमा मानिसको चहलपहल निकै कम देखिएको छ् ।

केही दिन देखि अत्यधिक गर्मी र तातो हावा चलेपछि जनजिवन प्रभावित बन्दै गएको हो । चिकित्सकले सर्वसाधारणलाई प्रशस्त पानी तथा झोलिलो पदार्थ पिउने र आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img