एसपी खडक खत्री कञ्चनपुरका १३ महिने कार्यकाल

लागु औषध, तस्करको सञ्जाल तोड्नेदेखि जेनजी आन्दोलनमा हिन्सात्मक गतिबिधीमा संलग्नमाथि मुद्दा


कञ्चनपुर : गत बर्ष प्रहरी उपरीक्षक (एसपी)ं खडक बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हाल्यो । ०८२बैशाखदेखि एसपी खत्रीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी कमाण्ड सम्हालेका हुन ।

एसपी खत्रीले १३ महिनाको अवधिमा अपराध नियन्त्रणदेखि सुशासनका क्षेत्रमा थुप्रै काम गरेका छन । एसपी खत्री कमाण्डमा जिल्लामा लागु औषध, चोरी तस्करीका सञ्जाल तोड्नेदेखि जेनजी आन्दोलनमा हित्सात्मक गतिबिधी संलग्नमाथि मुद्दा चलाईएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रंहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार ९सय ७ मुद्दा दर्ता मध्ये ५सय ९मुद्दा फछ्यौट गरिएका छन ।

२१फागुन ०८२मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा शान्ति सुरक्षादेखिका फरार अभियुक्त पक्राउ देखिका थुप्रै सुशासनका कामकाज सम्पादन गरेका हुन । गत भदौँमा जेनजी आन्दोलनमा हिन्सात्मक गतिबिधीमा संलग्न ७ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । १३ महिनाको अवधिमा विभिन्न मुद्दामा फरार भएका ४४४अभियुक्त पक्राउ गरेर कानुनको दायरमा ल्याएको छ ।

जिल्लामा लागु औषधका तस्करको सञ्जाल तोड्नेदेखि २सय ११ मानिस पक्राउ गरेको छ । सीमावर्ती कञ्चनपुरमा बढिरहेको लागु औषधका सेवन, कारोबारको सञ्जाल तोड्दै १८महिला, १९३पुरुष पक्राउ गरेर उनीहरुमाथि मुद्दा चलाईएको छ ।
यस विचमा ५९०.८७५ग्राम खैरोहिरोईन, ८ केजी २२ ग्राम चरेश, ५किलो गाजा, ५८७थान एम्बुल बरामद गरिएको छ ।

झण्डै ३ हजार ठाडो उजुरी तर्फ २ हजार ९९४मुद्दा फछ्यौट गरिएको र १ मात्रै मुद्दा फछ्यौट गर्न बाँकी रहेको छ । जुवातास नियन्त्रण तर्फ पनि २२मुद्दाका १सय ७२जुवाडे पक्राउ जुवाखालबाट ९लाख ४१ हजार ४७३रुपैया बरामद गरेर राजस्वमा दाखिला गरिएको हो । गैर कानुनी रुपमा भन्सार चोरी तस्करी गरेर ल्याएका ५करोड, ४०लाख, ६७ हजार, ७९७बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ । चोरी तस्करीमा १४ मानिस पक्राउ ३१ सवारी साधन समेत बरामद गरिएको छ ।

अवैध बाख्रा, भैरी, राँगा, घोडा, कुखुरा, चल्ला, माछा समेत बरामद गरेर भन्सार चलान गरिएको छ । अवैध घरेलु मदिरा तर्फ पनि २५हजार लिटर बरामद गरेर नष्ट गरिएको छ ।
वन,वन्यजन्तु काठ चोरी तस्करीमा संलग्न मानिसदेखि साढे चारसय क्युफिट काठ बरामद गरेर वन कार्यालय बुझाईएको छ । यस्तै गैर कानुनी रुपमा नदीजन्य प्राकृतिक स्रोत साधन चोरी तस्करीमा संलग्न १७ टेक्टर,१टिप्पर, १जेसिभी बरामद गरेर १लाख, ५५ हजार ९२०रुपैया बराबरको राजस्व संकलन गरेकोछ ।

महिला बालबालिका जेष्ठ नागरिक सेवा केन्द्र तर्फ ३सय ३३दर्ता भएका उजुरीमा पुरै पछ्यौट गरिएका छन । जोखिममा परेका ८० मानिसलाई सीमा क्षेत्रबाट उद्दार गरिएको छ । हराएका १९२महिला, ५७बालक, ११५बालिका, २२जेष्ठ नागरिकहरुलाई फेला पारेर परिवारमा पुर्नमिलन गराईएको छ । गैर कानुनी रुपमा सवारी साधन संचालन गर्ने ६ हजार, ५७१कार्बाही गरेर ४६लाख, ७५हजार ५सय रुपैया संकलन गरेको छ ।

साथै ३४६पटक ट्राफिक सचेतना गराएर २३ हजार नागरिकलाई ट्राफिक सचेतना गराईएको छ । बेदकोट, कृष्णपुरमा डेढसय छाउगोठ समेत भत्काईएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडक बहादुर खत्रीले संगठनले आफुलाई जिल्लामा दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गरेको बताए । एसपी खत्रीले कानुन कार्यान्वयनदेखि समाजिक सचेतनाका कार्यक्रम सचालन गरिएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img