धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक शैक्षिक परामर्श शैक्षिक संस्था संचालनमा आएको छ । कैलाली धनगढीको एलएनचोकमा ‘खुसी सुदूरपश्चिम शैक्षिक परामर्श’ केन्द्र शैक्षिक सेवामुलक संस्था संचालनमा आएको हो । सुदूरपश्चिमका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने लक्ष्य सहित धनगढीको एलएनचभोकमै धनगढी–१ एल.एन. चोकमा “खुसी सुदूरपश्चिम शैक्षिक परामर्श” सञ्चालनमा ल्याइएको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज, विश्वसनीय र प्रभावकारी सेवा दिने लक्ष्यसहित कार्यालय सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । सोमबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष सुप पुष्कर कुँवरले उद्घाटन गर्र्दै विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रभावकारी सेवा प्रदानमा जोड दिएका छन ।

‘खुसी सुदूरपश्चिम शैक्षिक परामर्श’ केन्द्रका संचालक एव व्यवस्थापक कृष्ण कुमार रोकायाले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई आफ्नै प्रदेशबाट परामर्स सेवा प्रदानका लागि सस्था संचालनमा आएको बताए । उनका अनुसार संस्थाले जापान अध्ययनका लागि अक्टोबर सेसन २०२६ को आवेदनसमेत खुला गरेको छ । रोकायाका अनुसार न्यूनतम जिपिए २.० भएका विद्यार्थीले आवेदन दिन सक्नेछन् भने शिक्षा ग्याप भएका विद्यार्थीलाई समेत अवसर प्रदान गरिनेछ । जापान अध्ययनका लागि जेएलटिपी नम्बर, एनएटी टेष्ट, जेएफटी बेसिक टिओपिजे वा डेढसयदेखि दुईसय घण्टाको जापानी भाषा अध्ययन प्रमाणपत्रलाई मान्यता दिइने जनाएको छ । जापानमा अध्ययन गर्दा विश्वस्तरीय शिक्षा, अध्ययनसँगै पार्ट–टाइम रोजगारीको अवसर, सुरक्षित वातावरण र भविष्यमा उच्च शिक्षाको राम्रो सम्भावना रहने भएकाले नेपाली विद्यार्थीको आकर्षण बढ्दो रहेको उनको भनाई छ ।

संस्थाले टोकियो, ओसाका, क्योटो, योकोहामा, नागोया, फुकुओका र सापोरोजस्ता जापानका प्रमुख विद्यार्थी शहरहरूमा अध्ययनका लागि सहजीकरण गर्ने जनाएको छ । साथै विश्वविद्यालय भर्ना, छात्रवृत्ति मार्गदर्शन, भिसा प्रक्रिया, क्यारियर काउन्सिलिङ र प्रि–डिपार्चर गाइडसम्मको सम्पूर्ण सेवा उपलब्ध गराइनेछ । खुसी सुदूरपश्चिम शैक्षिक परामर्शले जापानसँगै कोरिया, अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा र जर्मनी अध्ययनका लागि समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । आईएटिएस, पिटिई, जेलपिटी, ईपिएस टोपलिक एव लोकसेवा तयारी कक्षासमेत सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । विदेशमा अध्ययन गर्ने सपना बोकेका विद्यार्थीलाई समयमै सम्पर्क गरी आवेदन प्रक्रिया अगाडि बढाउन संस्थाले आग्रह गरेको छ । “तपाईंको भविष्य, हाम्रो मिशन” भन्ने नारासहित सञ्चालनमा आएको उक्त परामर्श संस्थाले विद्यार्थीलाई सही सूचना, पारदर्शी सेवा र अनुभवी काउन्सिलरमार्फत मार्गदर्शन गर्ने प्रतिबद्धता जनाएको छ । उद्घाटन कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थी सहितनका सरोकारवालाको सहभागिता रहेको थियो ।







