कञ्चनपुर । दोधारा चाँदनीमा महिलाहरुलाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालिम सुरु गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नंं ४ वडा कार्यालयको आयोजना र स्वस्तिसम टेकनिकल ईस्टुच्युटको प्राबिधिक सहयोगमा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले ४ दिने डल्ले साबुन बनाउने तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका वडा नंं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

तालिममा सिकेका सिप ज्ञानलाई व्यवहारमा लागु गर्दै आय आर्जन गरी स्वरोजगार बन्न आग्रह गर्नुका साथै आफुले सिकेका सिप ज्ञानलाई आफ्नो गाँउ समाजका व्यक्तिहरुलाई पनि सिकाउन वडाध्यक्ष भक्त बहादुर सुनारले आग्रह गर्नुभयो । महिलाहरुलाई घरायसी काममा मात्र नलगाई गाँउ समाजमा सिप सिकाई आत्मनिर्भर बनाउन घरका सदस्यले पनि सहयोग गर्नु पर्नेमा उहाँको भनाई छ् । डल्ले साबुन बनाउने तालिमको उद्धघाटन सत्रमा आफ्नो बिचार राख्दै डल्ले साबुन बनाउने तालिमका प्रशिक्षक लक्ष्मी चन्दले सिकाएको कुरा व्यवहारमा लागु गर्न अनुरोध गर्नु भयो ।

थोरै रकम र छाटो समयमा साबुन उत्पादन गर्न सकिने प्रशिक्षक लक्ष्मी चन्दले बताउनुभएको छ् । तालिममा वडाका १० जना महिलाहरुको सहभागी रहेको तालिममा महिलाहरुलाई उद्यमशीलतामा सशक्त बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ वडा कार्यालयले जनाएको छ् ।







