कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका एक पुरुषको आफ्नै ओछ्यानमा मृत फेला परेका छन । दोधारा चाँदनी नगरपालिका ५ सेराटोलका अन्ताजी ५२ बर्षिय लिलाराम सुनार घाँटी रेटिएको अवस्थामा आफ्नै ओछ्यानमा मृत फेला परेका हुन । सोमबार बिहान सुनारको घाँटी रेटिएको अवस्थामा मृत भेटिएपछि हत्याको आशंका गरिएको छ् । प्रहरीले घटनास्थलबाट धारिलो हतियार समेत बरामद गरेको छ् । मृतक सुनारका धर्मपत्नी वर्ष अन्ताजी ४२ का यसोदा सुनारलाई प्रहरीले सोधपुछ गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण शोनीले जानकारी दिनुभएको छ् ।

घट्नाको बिस्तृत अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्ण शोनीले बताउनुभएको छ् । अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट तालिम प्राप्त कुकुर लिएर अनुसन्धान अघि बढाईएको प्रहरी निरिक्षक शोनीको भनाई रहेको छ् ।







