पप्पु गुरुङ्ग, दोधारा । महाकाली ४ लेनको पक्की पुलमा अभियान मार्फत कानुनी सहायता सेवा सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न गरिएको छ् । स्वीट नेपाल कञ्चनपुरको आयोजना र युएनडीपीको सहयोगमा नेपालमा संकटको समयमा कानुनी सेवा सहायता परियोजना अन्तर्गत कञ्चनपुरको भिमदत्त नगरपालिका बिभिन्न वडामा सचेतना फैलाउने क्रममा आईत साँझ महाकाली ४ लेनको पक्की पुलमा अभियान मार्फत कानुनी सहायता सेवा सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न गरिएको स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले जानकारी दिनुभएको छ् । आर्थिक वा सामाजिक रुपले विपन्न, असहाय र पहुचविहीन व्यक्तिहरुलाई राज्य र विभिन्न संघ–संस्थाद्वारा नि:शुल्क वा सहुलियत दरमा प्रदान गर्दै आएको कानुनी सल्लाह, मद्दत र अदालती प्रतिनिधित्वको बारेमा स्थानियबासीहरुलाई जानकारी गराईएको स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले बताउनुभयो ।


गरिबी र अशिक्षाका कारण कोही पनि नागरिक न्यायबाट वञ्चित नहोउन् भन्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष अमिर तिरुवाले बताउनुभएको छ् । पक्की पुललाई हेर्न तथा फोटो खिचाउन आउने आन्तरिक पर्यटकलाई कानुनी सहायता सेवा सम्बन्धी जानकारी गराउने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभएको छ् । लागुऔषध नियन्त्रण, मानव बेचबिखन, महिला हिंसा, विपद् लगाएत कानुनी सहायता सेवा सम्बन्धी पर्चा पम्पलेट बितरण सहित जानकारी गराईएको स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले बताउनुभयो ।


आर्थिक वा सामाजिक रुपले विपन्न नागरिकहरु, घरेलु हिंसा, मानव बेचबिखन वा यौन हिंसाबाट पीडित व्यक्तिहरु, जेष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरु, यौनिक तथा लैङ्गिक अल्पसङख्यक तथा कैदीबन्दीहरुलाई यस्ता कार्यक्रमले ठुलो सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्क बहादुर खत्री बताउनुभयो ।

यस्ता कानुनी सचेतना अभिबृद्धी गरि अपराध न्युनिकरण गर्न कार्यक्रमले सहयोग गर्ने कञ्चनपुरका एसपी खड्क बहादुर खत्रीले बताउनुभएको छ् । संस्थाले गरेको यो कार्यक्रम निकै प्रभावकारी रहेको स्थानियबासीहरुले बताएका छन् ।






