कञ्चनपुर : कञ्चनपुरमा सडकको जमिन कब्जा गरेर बनाएका सरचना आफै हटाउन (खाली) गर्न लागेका छन । महेन्द्र राजमार्ग(गड्डाचौकी–अत्तरिया–चिसापानी) सडकको जमिन कब्जा गरेर बनाएका सरचना आफै हटाउन लागेका हुन । सडकको क्षेत्र कब्जा गरेर बनाएका पक्की तथा अस्थायी प्रकृतिका सरचना हटाउन केही व्यवसायी आफै खटिएका छन । ३० बैशाखमा सडक डिभिजन महेन्द्रनगरले अतिक्रमण हटाउनका लागि १५ दिने सुचना जारी गरेपछि भीमदत्त नगरपालिका ३ महेन्द्रनगरका एक पेट्रोल व्यवसायीले आफै सरचना खाली गर्न लागेका छन । विपिन ईन्टरप्राईजेजले सडकमा निर्माण गरेको पेट्रोलपम्प हटाउन लागेको हो ।

सडकले अतिक्रमण हटाउनका लागि सुुचना जारी गरेको थाहा पाएपछि विपिनले आफैले हटाउन लागेको जनाएको छ । विपिन ईन्टरप्राईजेजका संचालक तरुण लखेराले सडकले सुचना गरेको मौखिक थाहा पाएपछि हटाउन लागेको बताए । उनले उक्त सरचना पुरानो भएकाले आफ्नै जमिनमा राख्ने र स्तरिय बनाउने हिसाबले सार्न लागेको बताए । सडकको जमिन जानी जानी कब्जा नगरेको उनको दावि छ । राजमार्गको दायाबायाँ २५/२५ मिटर अतिक्रण गरेर अधिकाँस व्यवसायीहरुले सरचना बनाएर बषौँदेखि व्यापार गर्दै आएका छन । मुलुकमा रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि देशभरको अतिक्रमित सरकारी जमिन खाली गर्ने योजना अघि सारेपछि कञ्चनपुरका सरकारी कार्यालय सडकले पनि आफ्नो जमिन खाली गराउन सकृय भएको छ ।

यस अघि भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका पालामा भीमदत्त नगर क्षेत्रको राजमार्ग सडकको जमिन कब्जा गरेर बनाएका सरचना हटाईएको थियो । यस अघि पनि सडक डिभिजन कार्यालयले अतिक्रमित सरकारी जमिन खाली गर्नका लागि विगतमा पनि सुचना निकाल्नेदेखि खाली गराएको थियो । सडक डिभिजन महेन्द्रनगरका सुचना अधिकारी समेत रहेका ईन्जिनियर हरिस जोशीले सुचना अवधिभर नहटाउनेमाथि कानुनी कार्बाही गरिने बताए । ‘हामीले सडकको जमिन अधिक्र्रमण गरेर बसेकाहरुलाई समय दिएका छौँ, ‘उनले भने, ‘उक्त समय अवधिमा खाली नगरे स्थानीय जनप्रतिनिधी, प्रशासनसंग समन्वय गरेर खाली गराएरै छाड्छौँ ।’ कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिशापानीसम्म झण्डै १२७किलोमिटर क्षेत्रका विभिन्न स्थानमान सडकको जमिन कब्जा गरेर बनाएका सरचनाका कारण दुर्घटनाको जोखिम बढेको छ ।







