कञ्चनपुर : कञ्चनपुरको एक निजी विद्यालयले एसईई परीक्षा ०८२ मा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले प्रदेशमै माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याएको हो । सुदूरपश्चिम प्रदेशका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरुले सार्वजनिक गरेका तथ्याङ्क अनुसार एलबिएको उत्कृष्ट नतिजा रहेको देखिएको छ । सुदूरका ९ निजी विद्यालयका १० विद्यार्थीले चार जिपिए ल्याएका छन । जसमध्ये एलबिएका सबैभन्दा बढी २ विद्यार्थीले चार जिपिए ल्याएका हुन । संख्यात्मक रुपमा सुदूरका अन्य निजी सरकारी विद्यालयबाट बढी संख्यामा विद्यार्थी उर्तिण भएपछि चार जिपिए ल्याएका छैनन ।

चार जिपिए ल्याएका अन्य ८ निजी विद्यालयबाट १/१मात्रै विद्यार्थीले चार जिपिए ल्याएका हुन । तर, एलबिएका २ विद्यार्थीले चार जिपिए सहित १४२ विद्यार्थी उत्कृष्ट स्थान ल्याएका उत्र्तीण भएका हुन । एलबिएको तथ्याङ्क अनुसार कुल १५२ विद्यार्थीमा १४२ उत्र्तीण अर्थात ९३.४२प्रतिशत नतिजा आएको छ । एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले २ छात्रद्वय संगम जोशी, अनमोल चन्दले चार जिपिएर ल्याएका छन । ५५विद्यार्थीले (ए) प्लस, ७३ विद्यार्थीले(ए) र १२ विद्यार्थीले(बि)प्लस जिपिए ल्याएका हुन । प्रिसिपल मौनीले विद्यालय, शिक्षक, विद्यार्थीको कडा मेहनत, अभिभावक सरोकारवालाको गाईडमा विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेको बताए ।

उनका अनुसार चार जिपिएर ल्याउने विद्यार्थीलाई सम्मानका साथै अन्य विद्यार्थीहरुलाई समेत हौसला प्रदानका सम्मान गरिने बताउँदै आगामी बर्षहरुमा समेत उत्कृष्ट नतिजाका लागि थप मेहनत गरिने प्रतिबद्धता जाहेर गरेका छन । निजी स्तरबाट विद्यालय स्थापना भएको दुई दशकमै विद्यालयले एसइई मात्रै होईन अन्य कक्षामा शैक्षिक गुणस्तरदेखि खेलकुद समाजिक क्षेत्रमा समेत सरानिय कामकाज गर्दै आएको छ ।







