राष्ट्रिय ज्येष्ठ नागरिक समाज दोधारा चाँदनीको तेस्रो नगर अधिवेशन सम्पन्न

मोहनप्रसाद भट्टको नेतृत्वमा नयाँ समिति गठन


खडक ब. कोली/महेन्द्रनगर : राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल, दोधारा चाँदनी नगर समितिको तेस्रो नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिकाको सभाहलमा आयोजित अधिवेशनबाट मोहनप्रसाद भट्टको नेतृत्वमा नयाँ १५ सदस्यीय समिति चयन गरिएको छ ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका लागि नगरपालिका निरन्तर सहयोग गदै आएको बताए । उनले ज्येष्ठ नागरिक समाजले भवन तथा जग्गाको आवश्यकता रहेकाेले त्यसका लागि आवश्यक पहल गरिने प्रतिबद्धता गरेका छन।आफू कार्यालयको काम सिलसिलामा काठमाडौँ गएकाे र अधिवेशनमा उपस्थिति हुन नसकेकाे र नयाँ कार्यसमितिलाई धन्यवाद दिएका छन।

नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न अधिवेशनको अध्यक्षता समाजका निवर्तमान अध्यक्ष कृष्ण बिहारी पन्तले गरेका थिए । कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपालका केन्द्रीय अध्यक्ष गोविन्दसिंह विष्ट प्रमुख अतिथि रहेका  थिए भने प्रमुख प्रशासकीय अधिकृत हरिश चन्द्र जोशी वरिष्ठ अतिथिका  रहेका थिए ।

उक्त अधिवेशनले मोहन प्रसाद भट्टको अध्यक्षतामा १५ सदस्यीय   नगर समीति चयन भएको नयाँ समितिको उपाध्यक्षमा राधा शाह, सचिवमा हजारी चन्द, कोषाध्यक्षमा कमलापति भट्ट , सह सचिवमा जीवछ प्रसाद साउद चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा बलदेवसिंह पोखरेल, दानसिंह साउद, केशव दत्त भट्ट, लोकबहादुर रोकाय, हिकमतसिंह भण्डारी, रामबहादुर श्रेष्ठ, टिकाराम कडेल, बम बहादुर खड्का, प्रमानन्द पाध्याय र कृष्णचन्द रहेका छन् ।

अध्यक्ष मोहन प्रसाद भट्टले ज्येष्ठ नागरिक समाजका लागि भवन निर्माण गर्न आवश्यक जग्गा व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखिएकाे बताए । साथै उनले ज्येष्ठ नागरिकका समस्या र आवाज सम्बन्धित निकायसम्म पुरयाउने र  समितिलाई सक्रिय र प्रभावकारी बनाइने प्रतिबद्धता गरेका छन्।  कार्यालयको काम बिशेष  काठमाडौँ गएका  नगर प्रमुख किशाेर कुमार  लिम्बु  कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत हरिश चन्द्र जोशीले ज्येष्ठ नागरिकको हितका लागि नगरपालिकाबाट  हुन सकिने आवश्यक सहयाेग  गरिने  बताए । कार्यक्रमको सञ्चालन समाजका निवर्तमान सचिव गणेशसिंह रावलले गरेका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img