महान नेपाल ५ बर्षे पैदल यात्री मदन केसी कञ्चनपुरमा


कञ्चनपुर : नेपाली युवक मदन केसीले महान नेपाल ५ बर्षे पैदल यात्रा थालेका छन । दाङका २७ बर्षिया युवक केसीले गत ५ चैत्रदेखि शुरु गरेको महान नेपाल पैदल यात्रा कञ्चनपुर पुगेको हो । दुई सातादेखि जिल्लाका विभिन्न पालिका ऐतिहासिक, सामरिक महत्व राख्ने स्थानमा स्थलगत अवलोकन गरेका छन । शान्तिका दुत भनेर चिनिने भगवान गौतम बुद्ध जन्मिएको लुम्बिनीबाट शुरु गरिएको यात्रा कपिलबस्तु, बाँके, बर्दिया,कैलाली हुँदै कञ्चनपुर पुगेको हो । जिल्लाको दक्षिणी भेग पुर्नवास, बेलौरी, बेलडाँडी, लालझाडी, दोधाराचाँदनी र भीमदत्तका ऐतिहासिक, सीमावर्ती क्षेत्रमा स्थलगत अवलोकन गरेका छन ।

हिमाल, पहाड, तराई क्षेत्रका जनताका वास्तविक समस्या, उनीहरुको धारणा राज्यसंग मागदेखिका विवित समस्या बारे अध्ययन अवलोकन गरिनेछ । सुदूर नेपाललाई विश्वमै चिनाउने उदेश्यका साथ थालिएको सकल्प यात्राको अवधि ५ बर्ष हुने उनले बताए । यात्रु मदन केसीले पारिवारिक मोहलाई थाति राखेर शुरु गरिएको १ हजार ८सय २५ दिने पैदल यात्राका क्रममा नारिकसंग सम्बाद गरिनेछ । ‘हरेक महिना आफुले अध्ययन अवलोकन गरेका विषयबस्तु बारे नागरिकका समस्या समाधान गर्न सरकारलाई घचघच्याउँछु, ‘उनले भने,‘देशभरका नागरिकका यर्थात समस्या पहिचान गरेर समाधानका लागि समेत प्रयास गर्छु ।’ सुदूरपश्चिमको कैलालीपछि कञ्चनपुर सकेर पहाडी जिल्लातिरको यात्रा थालेको उनले बताए ।

सुदूरको पहाडी ऐतिहासिक क्षेत्र, सीमा, धार्मिक, प्राकृतिकदेखिका बषौँदेखि नागरिकले भोकेको समस्या अध्ययन गरिने उनले बताए । ‘यस विचमा मैले पुरै सकल्प कठोर यात्रा नसकिदासम्म घर जाने छैन, ‘उनले भने, ‘घर परिवारकै सरसल्लाह अनुमतीमा मैले यात्रा थालेको हुँ ।’ ७० बर्षीया बृद्ध आमाबाबु, श्रीमती, छोराछोरीको पारिवारिक मोह त्यागेर राष्ट्रदेश प्रेमको भावनामा आफु अघि बढेको बताए । लुम्बिनी, सुदूरपश्चिम हुँदै कर्णाली, गण्डकी, बागमती, मधेश,कोसी हुँदै पुन यात्रा आरम्भ गरेको भगवान गौतम बुद्धको स्थलमै पुगेर समापन गरिनेछ । यस ५ बर्षे पैदलयात्रा अध्ययन, अवलोकनका दौरानामा भेटिएका समस्या, सम्भावना र समाधानका लागि राज्यको ध्यानाकर्षण गराउने बताए । केही कञ्चनपुरमै अध्ययन अवलोकन गरिनेछन ।


Loading Viewer...

ताजा समाचार

spot_img