भीमदत्तका सरकारी विद्यालयको बेहाल : कक्षा ८ मा १ मात्रै विद्यार्थी उर्तिण


विकास सिह महता / कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयमा आधारभूत तहमा १ मात्रै विद्यार्थी उर्तिण भएका छन । भीमदत्त नगरपालिका ९ तुमडानीमा रहेको महाकाली आधारभूत विद्यालय कक्षा ८मा १मात्रै विद्यार्थी उर्तिण भएका हुन ।

गत शैक्षिक सत्र ०८२मा भीमदत्त नगरपालिकाले लिएर पालिका स्तरिय आधारभूत परीक्षामा एक मात्रै छात्र विद्यार्थी उर्तिण भएका छन । भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको तथ्याङ्क अनुसार उक्त विद्यालयमा ११ मध्ये १ मात्रै विद्यार्थी उर्तिण भएका हुन । ८ शिक्षक रहेको उक्त विद्यालयमा १मात्रै विद्यार्थी उर्तिण भएपछि अभिभावक हैरान भएका छन । भीमदत्त नगरपालिका सामुदायिक तथा सरकारी गरेर ९७विद्यालयका ३हजार ११८विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले उक्त विद्यालयको कमजोर नतिजा आएकाले डाउन सायज गरेको बताए । उनका अनुसार ८कक्षासम्म पठन पाठन भईरहेको उक्त विद्यालय चालु शैक्षिक सत्र ०८३देखि ५सम्म मात्रै हुने जनाएको छ । सरकारी लगानी भएको उक्त विद्यालयमा यतिधेरै कमजोर नतिजा आएपछि चौतर्फि रुपमा आलोचना भईरहेको छ ।


ताजा समाचार

spot_img