कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका युवा उद्यमी पिताम्बर जोशी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । काठमाण्ठौँमा सम्पन्न भएको उद्योग वाणिज्य महासंघको ६०औँ बार्षिक साधारण सभाबाट जोशी केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । जोशी सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन । जोशीले आफ्ना प्रतिद्वन्द्वीद्वय दान बहादुर सुर्मेली र पदमराज चौलागाईलाई पराजित गर्दै केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन । जोशीले १० र सुर्मेली, चौलागाईले ७÷७मत ल्याएका छन ।

दुई सदस्यका लागि भएको उक्त निर्वाचनमा जोशीले सबैभन्दा बढी मत ल्याएर आफ्नो केन्द्रीय सदस्य सुरक्षित पारेका छन । भने, सुर्मेली र चौलागाईले बराबरी मत ल्याएकाले उनीहरुविच अब को सदस्य हुने अझै निक्यौल भएको छैन । दशकौदेखि व्यवसाय गर्दै आएका उद्यमी जोशीले कञ्चनपुर उद्योग वाणिज्य संघको सदस्य, बरिष्ठ उपाध्यक्ष, अध्यक्ष हुँदै अहिले केन्द्रीय सदस्यसम्मकै जिम्मेबारीमा पुगेका छन । महेन्द्रंनगर कञ्चनपुर सुदूरपश्चिमका स्थानीय जोशीले स्वदेश तथा विदेशमा समेत व्यापार बृद्धि गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा पनि जोशीले स्वदेशी बस्तु प्रर्बद्धनका लागि भारतको देहरादुनमा मेला संचालन गरेका थिए ।

साथै उद्यमी, व्यवसायिको हकहितका साथै समग्र नेपालको औद्योगिक क्षेत्र विस्तार गर्न भूमिका निर्वाह गर्दै आएका छन । जोशी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएसंगै सहकर्मीदेखिका उद्योगी, व्यवसायीहरुको बधाईको ओईरो छ । पहिलो प्रयासमै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका पिताम्बर जोशीले समग्र नेपालको औद्योगिक, व्यवसायिक क्षेत्रको स्थागत बृद्धि विकास गर्दै उद्योगी, व्यवसायीहरुको हकहितका साथै प्रर्बद्धन गर्ने संकल्प लिएका छन ।







