कञ्चनपुर : कञ्चनपुरका केही युवाहरुले कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रै हो, गो ब्याक ईण्डिया भन्दै प्लेय कार्ड सहित प्रर्दशन गरेका छन । सोमबार साँझदेखि जिल्ला सदरमुकाम महेन्द्रनगर मदन चोकमा बसेर गो ब्याक ईण्डिया भन्दै प्लेय कार्ड सहित प्रर्दशन गरेका हुन ।

युवा समाजिक अभियन्ता सुजित श्रेष्ठले पछिल्ला दिनहरुमा भारतीय पक्षबाट दार्चुला स्थित नेपाली भूमिमा हस्तक्षेप भएको भन्दै हस्तक्षेप बिरुद्ध बसेरै बिरोध प्रर्दशन गरिएको बताए । हाम्रो भूमि हाम्रो अधिकार, सीमा रक्षा हाम्रो अभियान भन्दै प्रर्दशन गरेका छन । भारतीय हस्तक्षेप नरोकिदासम्म निरन्तर प्रर्दशन गरिने उनीहरुले घोषणा गरेका छन ।







