हाम्रो भोजनालयद्वारा बुद्ध जयन्तीको अवसरमा भीमदत्तका विपन्न, जेहेन्दार विद्यार्थीलाई शैक्षिक समाग्री


कञ्चनपुर : बुद्ध जयन्तीको अवसरमा कञ्चनपुरको भीमदत्त नगरका गरिब, विपन्न विद्यार्थीलाई नगद सहित शैक्षिक समाग्री वितरण गरिएको छ । महेन्द्रनगरको चर्चित होटल हाम्रो भोजनालयले २५७० बुद्ध जयन्तीको अवसरमा नगरका गरिब, विपन्न विद्यार्थीलाई नगद सहित शैक्षिक समाग्री वितरण गरेको हो । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको उक्त हाम्रो भोजनालयका सचालक चक्र प्रशाद मिश्रले समाजिक कार्य गर्ने उदेश्यका साथ नगरभरीका ५२ सामुदायिक विद्यालयमा अध्ययनरत १सय ४ विद्यार्थीलाई जनही नगद १ हजार, एक सेटी कापी र कलम वितरण गरिएको छ ।

भगवान गौतम बुद्धका ८ उपदेश अनुरुप विद्यार्थीले मेहनत गरे मानिस असल बन्ने भएकाले विद्यार्थीलाई उच्च मेहनत गर्न समेत अनुरोध गरिएको छ । उनका अनुसार भीमदत्त नगरपालिका शिक्षा शाखासंगको सहकार्यमा उक्त कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले निजी क्षेत्रबाट समेत बुद्ध जयन्तीको अवसरमा गरिएको काम सरानिय भएको बताए । उनले सामुदायिक विद्यालयका गरिब, विपन्न दलित एव जेहेन्दार विद्यार्थीलाई गरेको यो कार्यक्रमले विद्यार्थीको पठन पठानमा टेवा पुग्ने बताए ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले होटल व्यवसायी एव समाजसेवी चक्र प्रशाद मिश्रको समाजिक भावनाको समुदायले उच्च कदर गर्नुपर्ने बताए । उनले अहिले भर्ना अभियान चलिरहेका बेला कुनै विपन्न विद्यार्थीसंग कापि, कलम किन्ने पैशा नहुँदा समस्या हुने भएकाले होटलबाट उक्त सहयोगले राहत पुगेको बताए । सिद्धनाथ माविका अध्यक्ष महेश भट्टले गरिब अभिभावकका विद्यार्थीको हितका लागि हाम्रो भोजनालयको पुण्य परोपकार कार्य भएको बताए । भीमदत्त नगरका सयौँ विद्यार्थीले शैक्षिक समाग्रीदेखि भोजन समेत गराएपछि विद्यार्थी हर्षित भएका छन ।


ताजा समाचार

spot_img