कञ्चनपुर: कञ्चनपुरमा एक बालकमाथि अत्याचार भएको छ । बेदकोट नगरपालिका ५ पोल्खरी मामा घर बस्दै आएका ९ बर्षिया बालक तपेन्द्र भण्डारी माथि अत्याचार भएको हो । धरमपुरकै भोज नाथले बालक भण्डारीमाथि खेतमा खरभुजा चोर्न आएको आरोपमा निर्दही तरिकाले सडकमै कुटपिट गरेका छन । स्थानीयका अनुसार बुधबार पोल्खरी स्थित चौधर नदीको तटिय क्षेत्रमा फुटबल खेल्ने क्रममा बल नाथको बगरखेतीमा लगाएको करेसाबाीमा गएको र ल्याउन जाँदा चोर्न आएको आशंकामा दुबै हातखुट्टा बाधेर निर्धात कुटपिट गरेका हुन ।

आमा बाबुले छाडेपछि मामाघर बस्दै आएका बालकमाथि यसरी कुटपिट भएपछि कानुनी कार्बाहीको चौतर्फि माग उठिरहेकोछ ।
बालकका हातखुट्टा बाधेको भिडियो अहिले समाजिम सञ्जालमा सार्वजनिक पनिभएको छ उक्त भिडियोमा बगरखेती गरेका तरकारी बारी धनी नाथले ‘आज मेरो तरभुज चोर्छ, भोली तमरो साईकल चोर्छ, पोर्की तमरो घर फोड्छ ।’ भन्दै बालकलाई अमानविय यातना दिईरहेको पाईन्छ । भने त्यहाँ केही महिलाहरुले बालकलार्ई आमाबाबु नभएका बालक भएकाले त्यसो गर्न नहुने सम्झाईबुझाई गरिरहेको देखिन्छ । तरभुज चोर्ने अरुपनि होलान म यसलाई मार्छु बरु जेल जान्छु भन्दै धम्की दिईरहेका छन ।

यसरी याताना दिने बला बालकले आफु आज मात्रै आएको बचाउन यातना गरिरहेका थिए ।तर, पनि यातना दिनेदेखि गाली गलैच गर्ने काम रोकिएको थिएन । आफुभन्दा २९ बर्ष कान्छा छोरा सरहका बालकमाथि यस्तो क्र्रुर यातना दिएका थिए । पीडित बालकका आमाबाबु भारतमा भएकाले उनलाई मामा घरकी बज्यैले हेरचाह पालन पोषण गर्दै आएका छन । उक्त घटनाको कञ्चनपुर प्रहरीले गम्भिर रुपमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहीले बालकमाथि कुटपिट गर्ने भोज नाथ बिरुद्धमा ज्यान कसुरमा मुद्दा चलाईरको बताए ।

‘बालक कुटपिट गर्ने अन्दाजी ३८ बर्षिया युवालाई हामीले पक्राउ गरिसकेका छौँ, ‘प्रहरी प्रवक्ता शाहीले भने, ‘घटना बारे थप अनुसन्धान जारी छ ।’ बालकले नाथको बारीबाट कतै तरभुजा चोरेकै भएपनि यसरी क्रुर रुपमा अमानविय रुपमा यातना दिने कार्य निन्दनिय असैय भएको भन्दै घटनाको भत्र्सना गर्दै दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले यसरी बालकमाथि क्र्रुर रुपमा यातना दिने घटनामा संलग्न सबैमाथि कानुनी कार्बाही हुने विश्वास दिलाएका छन ।






