कम्युनिष्ट युवा संगठनले भन्यो, डडेल्धुराका जिल्ला अध्यक्ष पन्तलाई रिहा गर


कञ्चनपुर,: कम्युनिष्ट युवा संगठन नेपालले डडेल्धुराका जिल्ला अध्यक्ष गणेश पन्तलाई रिहा गर्न माग अघि सारेको छ ।
नेकपा बहुमत निकट कम्युनिष्ट युवा संगठन नेपालले डडेल्धुराका जिल्ला अध्यक्ष पन्तलाई रिहा गर्न माग अघि सारेको हो ।

कम्युनिष्ट युवा संगठन नेपाल सुदूरपश्चिमले एक प्रेस विज्ञप्ती जारी गर्दै घरसायी काममा रहेका पन्तलाई छापामारशैलीमा पक्राउ गरेको घटनाको भत्र्सना जाहेर गरेको छ । कम्युनिष्ट युवा संगठन नेपाल सुप प्रदेशका इन्चार्ज दिपेन्द्र सिह ऐरीले हस्ताक्षर गर्दै जिल्ला अध्यक्ष पन्तलाई रिहा नगरे आन्दोलनको चेतावनी दिएको छ ।


ताजा समाचार

spot_img