विपद् व्यवस्थापन प्रभावकारी बनाउन ७ दिने ‘स्वयंसेवक परिचालन आधारभुत तालिम’


कञ्चनपुर । डडेल्धुराको परशुराम नगरपालिकामा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको छ् । हक्सफाम नेपालको सहयोग, निड्स नेपालको आयोजना र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा परशुराम नगरपालिकाको सहकार्यमा एक हप्ते विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ् ।

तालिममा सहभागी विपद् व्यवस्थापन सम्बन्धि आधारभूत ज्ञान, बाढी पहिरो डुबान, डोरीद्वारा गरिने उद्दार, सडक तथा यान्त्रिक दुर्घटनामा उद्दार लागी नियन्त्रण, भुकम्पिय जोखिम न्युनिकरण प्राथमिक उपचारको बारेमा व्यवहारिक तथा सैद्धान्तिक अभ्यास प्रदान गरिने स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो । मनसुन तथा मन्सुन जन्य विपद् र अन्य किसिमका प्राकृतिक तथा मानव जन्य विपद्हरुलाई समेत मध्यनजर गरि विपद उद्धार कार्यमा स्थानिय समुदायको समेत सक्रिय सहभागिता गराउने उदेश्यले तालिम सञ्चालन गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो ।

विपद्का घटना हुदा सबैभन्दा पहिले पुग्ने स्थानीयबासी भएकाले उनीहरुलाई तालिम दिदा प्रतिकार्य प्रभावकारी हुने उहाँले बिश्वास ब्यक्त गर्नुभएको छ् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका राम बहादुर केसीले तालिमले समुदाय स्तरमा विपद्को सामना गर्न सघाउ पुग्ने बताउनुभयो । विपद्को बेलामा प्रशिक्षित र सकृय स्वयंसेवक टोलीको उपस्थिति नै नगरको बलियो ‘सुरक्षा कवच’ हुने प्राधिकरणका राम बहादुर केसीले बताउनुभयो ।

तालिममा बाढी, भूकम्प, आगलागी लगाएत विभिन्न प्राकृतिक तथा मानवीय विपद्को जोखिम न्यूनिकरण, उद्धार, प्राथमिक उपचार र समन्वयात्मक कार्य सञ्चालन सम्बन्धी विषयमा प्रशिक्षण गरिएको थियो ।

तालिममा २४ जना युवाहरुको सहभागी रहेको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् ।

 


ताजा समाचार

spot_img