माहाकाली यातायातमा २४ हजारभन्दा बढी लाइसेन्स पुगे, वितरणको तयारी


कञ्चनपुर — माहाकाली यातायात व्यवस्था कार्यालयमा २४ हजार ४ सय ७१ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पुगेका छन्। २०८० सालको पुस १४ गतेदेखि विभिन्न प्राविधिक तथा प्रशासनिक समस्याका कारण लाइसेन्स छपाइ तथा वितरणमा ढिलासुस्ती भइरहेको थियो।

कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता , प्रमुख जिल्ला अधिकारी मदन कोइराला लगायत ले गत साता कार्यालयको अनुगमन गरी विभागका प्रमुख राजिव पोख्रेल सँग छलफल गर्दै समस्या समाधानका लागि सहजीकरण गर्नुभएको थियो।

सोही पहलपछि ३ दिनभित्रै लाइसेन्स छपाइ सम्पन्न भई कार्यालयमा आइपुगेको माहाकाली यातायात व्यवस्था कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रविन्द्र चौधरी ले जानकारी दिनुभयो। उहाँका अनुसार हाल लाइसेन्स मिलान (भेरिफिकेसन) कार्यका लागि कर्मचारी खटिएका छन् भने आगामी एक साताभित्रै वितरण सुरु गर्ने तयारी गरिएको छ।


ताजा समाचार

spot_img