कञ्चनपुरका कैदीबन्दीको निःशुल्क आँखा उपचार


कञ्चनपुर : कञ्चनपुरका कैदीबन्दीहरुको निःशुल्क आँखाको उपचार गरिएको छ । बुधबार जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दीहरुको निःशुल्क आँखाको उपचार गरिएको हो । नेपाल नेत्रज्योति संघ गेटा,महेन्द्रनगर आँखा अस्पताल, पतन्जली योग समिति र कारागारको संयुक्त आयोजनामा कैदीबन्दीहरुको निःशुल्क आँखाको उपचार गरिएको हो । नेपाल नेत्रज्योति संघ गेटा, महेन्द्रनगर आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत बीरसिह धामीले २ सय कैदीबन्दीको आँखाचेकजाँच उपचार गरिएको बताए । उनका अनुसार १सय १३लार्ई औषधी, ५६लाई चश्मा र बाँकीलाई परामर्स दिईएको छ ।

भने ,मोतियाबिन्दुका ६बिरामीलाई एक महिनाभित्रै निःशुल्क सल्यकृयाका लागि सिफारिस गरिएको छ । ‘चारैतिर बन्द, अनि धुवाका कारण पनि कैदीबन्दीको आँखामा पर्ने समस्या मध्य नजर गर्दै हामीले उपचार गरेका छौँ, ‘उनले भने, ‘मोतियाबिन्दु फेला परेका ६जनाको पनि निःशुल्क उपचार गछौँ ।’ कञ्चनपुरका कारागार प्रमुख हेमन्ती साउदले कैदीबन्दीको मागका आधारमा आँखा अस्पतालसग समन्वय सहकार्य गरेर पहिलो पटक निःशुल्क आँखा उपचार शिबिर संचालन गरेको बताईन ।

‘यस अघि उपचारका लागि बाह्य अस्पतालमै जानुपर्ने थियो, ‘उनले भनिन, ‘अहिले हामीले भित्रै सेवा प्रदान गरेका छौँ ।’ कारागारभित्रै आँखा उपचार सेवा पाएपछि कैदीबन्दी लाभान्वित र हर्षित भएका छन । कैदीबन्दीका अगुवा दान सिह ठगुराठीले भित्रै निःशुल्क उपचार पाएपछि राहत पुगेको बताए । उनका अनुसार पतन्जली योग समितिको आयोजनामा आइतबारदेखि योगशिबिर संचालन गरिएको छ । कैदीबन्दीका लागि योग, आँखा शिबिरले उनीहरुको मानसिकता र स्वास्थ्यमा सुधार हुने अपेक्षा गरिएको छ ।


ताजा समाचार

spot_img