कञ्चनपुर : कञ्चनपुरको बेलडाँडीमा पहिलो पटक नेपाल रेडक्रस सोसाईटी पालिका शाखाको निर्वाचन हुने भएको छ । २६ बैशाख(शनिबार) हुन लागेको रेडक्रस सोसाईटी बेलडाँडी शाखाको निर्वाचनको तयारी भईरहेको छ।

नेपाल रेडक्रस सोसाईटी निर्वाचन अधिकृत अधिवक्ता निरन्जन प्रशाद विष्टले निर्वाचन कार्यतालिका सहित मतदाता नामावली नामावली प्रकासन भएको बताए । उनका अनुसार ६१८मतदाता रहेको बेलडाँडीमा रेडक्रसको नयाँ कार्य समिति चयनका लागि तयारी भईरहेको छ । बेलडाँडी सहित बेलौरी, पुनर्वास, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त, र दोधाराचाँदनीमा एकसाथ हुने जनाईएको छ ।







