कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरको एक बाख्रा फर्ममा आगलागी भएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगर स्थित प्रतिभा पशुपन्छी तथा कृषि फर्ममा आगलागी भएको हो । शनिबार साँझ फर्ममा विद्युत सर्ट भएर आगो लगोको जनाईएको छ । प्रतिभा पशुपन्छी तथा कृषि फर्मका संचालक मान बहादुर शाहले साँझतिर विद्युत सर्ट हुँदा एक्कासी फर्ममा आगो लागेको बताए ।

उनका अनुसार फर्मभित्र बाखा नभएकाले बाख्रा तर्फ क्षति नभएपनि फर्म, बाख्राको चारा, गहुँ, भुस सहितका विवित समाग्रीमा आगो लागेर नष्ट भएको बताए । फर्ममा आगलागीबाट लाखौँको क्षति भएको उनले बताए । ‘आगो लागेपछि बत्ति पनि गयो, ‘मटर चलाएर आगो निभाउन सकिएन, धाराबाट छरछिमेकीले ल्याईदिएपछि केही घण्टामा आगो नियन्त्रण भयो, ‘उनले भने,‘तर नगरपालिकासंग दमकल मागे दिएनन् ।’

स्वदेशमै आत्मनिर्भरका कार्यक्रम गर्न कृर्षि व्यवसाय तर्फ उन्मुख भएपनि यसरी आपदविपद्मा सरकारी निकायबाट सहयोग नपाईएको उनको दुखेसो छ । नगरपालिका बजार छेउमै रहेको यसरी बाख्रा फर्ममा आगो लाग्दा समेत दमकल नआउने यो प्रवृतिबाट नगरका जनता चिन्तित भएका छन ।







