रास्वपा दोधारा चाँदनी– ५ वडा सभापतीमा भण्डारी चयन, संगठन बिस्तारलाई अघि बढाईने


दोधारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी नगरपालिका– ५ मा दिपेन्द्र सिंह भण्डारी सर्व सम्मत चयन हुनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ मा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक भेलाले वडा सभापती पदमा दिपेन्द्र सिंह भण्डारीलाई सर्वसम्मत चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले जानकारी दिनुभएको छ् ।

वडा उपसभापतीमा शंकर चन्द, सचिवमा गणेश सुनार, सदस्यमा जानकी बुढाथोकी, रमेश सिंह भण्डारी, ईश्वरी भाट लगाएत ११ सदस्यीय वडा कमिटि गठन भएको रास्वपाका नगर सभापती पुरन कुमालले बताउनुभएको छ् ।

चयन भएका सबै पदाधिकारीहरुलाई रास्वपाका नेताहरुले अबिर लगाएत स्वागत गरेका थिए ।


ताजा समाचार

spot_img