कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा बीमा सम्बन्धी स्थानीय विपद् व्यवस्थापन समिति तथा सरोकारवाला संग छलफल गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), युनिसेफ नेपालको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा विपद् जोखिम न्यूनीकरण तथा बीमा सम्बन्धी कार्यविधी माथी छलफल गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले जानकारी दिनुभएको छ् । १५ वर्षिय विपद् जोखिम न्यूनीकरण रणनिती, वालमैत्री पुर्व सुचना प्रणाली, बीमा सम्बन्धी कार्यविधी माथी छलफल गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो ।

विपद्का बेला हुनसक्ने क्षति न्यूनीकरण र पुनस्र्थापनाका लागि वित्तीय व्यवस्थापन लगाएत अन्य कार्य गर्नुपर्ने आवश्यकता महसुस गरी राष्ट्रिय रणनीति निर्माणका अवधारणा अनुरुप कार्यविधी माथी छलफल अघि बढाईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ् । बैठकमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले विपद्को कारण बर्सेनि थुप्रै स्थानियबासीहरुको भौतिक क्षती हुनेरको बताउदै नोक्सान भएको कृषिउपज, पशुधन, सरकारी पुल, भवन, विद्यालयले क्षतिपूर्ति पाउने र पुनर्निर्माणका लागि लगानी जुटाउने गरी पहिलो पटक यस्तो रणनीति ल्याउन लागिएको बताउनुभएको हो ।

विपद् जोखिम न्यूनीकरण, खोज, उद्धार, राहत, पुन:स्थापना, पुन:निर्माण, पुन:लाभमा लगानी गर्नुपर्ने अवस्थामा अर्थ अभावले निम्त्याउने समस्यालाई रणनीति पछि सञ्चालन हुने कार्यक्रमले हल गर्ने नगर प्रमुख किशोर कुमार लिम्बुले विश्वास ब्यक्त गर्नुभएको छ् । बाढी, आगलागी, चट्याङ लगाएत सबै खालका प्रकोपबाट बर्षेनी हुने क्षति सरकार एक्लैले बेहोर्न नसक्ने निष्कर्षका आधारमा सबैको लगानी हुने गरि बिमा मस्यौदामा छलफललाई अन्तिमरुप दिन लागिएको उहाँले बताउनुभयो ।

बाढी लगाएत प्राकृतिक प्रकोपबाट हुने क्षतिको आर्थिक स्रोत व्यवस्थापन र पीडित परिवारको आवास निर्माणमा सहजता ल्याउन विपद् जोखिम वित्तीय लगानी रणनीति ल्याउने दोधारा चाँदनी नगरपालिकाले अन्तिम तयारी गरेको कार्यक्रममा बताईएको छ् ।
कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सम्बन्धित शाखाका कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।






