बेलडाँडीका रतनलालको अनुरोध, मेरो लुटिएको जमिन फिर्ता पाउँ


कञ्चनपुर : कञ्चनपुरको बेलडाँडीका एक नागरिक(किसान)ले आफ्नो लुटिएको जमिन फिर्ताको माग अघि सारेका छन । बेलडाँडी गाँउपालिका ५ ईमलियाका रतनलाल रानाले आफ्नो लुटिएको जमिन फिर्ताको माग अघि सारेका हुन । बिहीबार राना जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेटमा धर्ना दिदै पुगेका थिए । उनले ल्याएको ब्यानरमा ‘बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मलाई रोडमा पु¥यायो, मेरो जमिन दलालसंग मिलेर खायो, सरकार मेरो लुटिएको जमिन मलाई फिर्ता दिलाउ, दोषीलाई कानुनी कार्बाही गर’ भन्दै हारगुहारमा उत्रिएका थिए ।

रानाले उपाध्यक्ष शान्ति नाथले जमिन दलालसंग मिलेर ५कट्टा जमिन गुम पारेको आरोप लगाए । रानाले आफु गरिब भएकाले आफ्नो आवाज गाँउमा कसैले नसुनि दिने समस्यामा परेकाले राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का नेता नयाँ बालेन सरकारलाई सुनाउन आएको बताए । कुनै नागरिक पालिका जस्तो जिम्मेबार पदाधिकारी बिरुद्धमा यसरी खुलेयाम एक्लै ब्यानर बोकेर किन प्रशासन सहितका सरकार निकायमा धाईरहेका छन, भन्ने विषयमा सार्वजनिक चासो बढिरहेको छ । कि उपाध्यक्ष शान्ति नाथको बदनाम गर्न वा साच्चिकै पीडित भएर यसरी आए यसको छानबिनको समेत आवाज उठिरहेको छ । राना आन्दोलित भएकै बेला उपाध्यक्ष शान्ति नाथ ज्यान कसुरमा प्रहरी हिरासतमा रहेकाले उनको यस विषयमा धारणा समेट्न सकिएको छैन ।

यद्यपी उनीमाथि रानाले लगाएको आरोप आधिकारिक निकायबाट पुष्टी भएको छैन । उपाध्यक्ष शान्ति नाथमाथि राजनैतिक प्रतिशोधमाथि प्रतिशोध हो वा राना साच्चिकै पीडित भएकै हुन भन्ने विषयमा अन्यौलता छाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले यसरी ब्यानर सहित प्रशासन अगाडी उभिनु भन्दा आफुमाथि परेको अन्याय बारे सप्रमाण सहित सम्बन्धीत निकायमा जानुपर्ने बताए ।


ताजा समाचार

spot_img