खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा

कञ्चनपुर,

खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले निर्वाचन क्षेत्रमा रहेका योजनाको स्थलगत अनुगमन एव जनतासग भेटघाट गरिरहेकी छिन ।

गृहनगर पुगेकी खानेमन्त्री मन्त्री मगरले शुक्रबारदेखि निर्वाचन क्षेत्रका जनतासंग भेटघाट एव विभिन्न योजनाको अनुगमन गरिरहेकी हुन् । पुनर्वास नगरपालिका क्षेत्रका जनकल्याण मावि, गौरी शंकर माविको भवनको स्थलगत अनुगमन गर्दै मन्त्री मगरले यथाशिघ्र काम गर्न सम्बन्धीत पक्षलाई आग्रह गरिन् । खानेपानी मन्त्रीकै पहलमा आएका योजना सहित तीनै सरकारका योजनाको अनुगमन गर्दै योजनाको प्रगतिबारे जानकारी दिईरहेकी छिन् । पुनर्वाको ओम शान्ति भवन र सिमरीका राना थारु समुदायको संस्कृती संरक्षण सत्संग भवन, मन्दिरको स्थलगत अनुगमन गर्ने क्रममा मन्त्री मगरलाई स्वागत समेत गरिएको छ ।क्षेत्र नम्बर १ को दिगो विकासका योजनामा मन्त्रीले पहल गरेको भन्दै स्थानीयले उनको स्वागत गरिरहेका छन । मन्त्री मगरले जनतासंग विकास निर्माणबारेमा छलफल गर्दै सुझाव संकलन समेत गरिरहेकी छिन । ‘विगतमा जनतासंग गरेका बाचा अनुरुप योजना पठाएका थिए, ‘मन्त्रीले भनिन, ‘योजनाको भौतिक प्रगति के कस्तो भईरहेको छ, त्यस बारेमा अध्ययन र जनतासंग छलफल गरेर आगामी दिनमा थप योजना अघि बढाउँछौँ ।’ विकासबाट उपेक्षित गरिएको क्षेत्र नम्बर १मा खानेपानी मन्त्री निर्वाचित भएसंगै विकास निर्माणका योजनाले तिव्रता पाएको जनताको आभास छ ।

ताजा समाचार