कञ्चनपुर: पुर्नस्थापनाको माग अघि सारेर गत सातादेखि निरन्तर आन्दोलनमा रहेका कञ्चनपुरका आरक्षपीडितले अर्धनग्न आन्दोलन गरेका छन । बिहीबार कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा प्रर्दशन सहित प्रशासन कार्यालय अगाडी अर्धनग्न आन्दोलन गरेका हुन ।

विस्थापित भएको २५ बर्षसम्म पनि पुर्नस्थापना नभएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय अगाडी अर्धनग्न भएर बिरोध जनाएका छन । पीडितहरुले हरेक निर्वाचनमा आफुहरुलाई आश्वासन दिने अनि पुरा नगर्ने प्रवृति अहिले पनि दोहोरिएको भन्दै फरकशैलीमा बिरोध गरेका हुन ।

आशै आशमा रहेका आरक्षपीडितले नयाँ सरकार बनेको तीन साता वितिसक्दा पनि आफुहरुको समस्या समधानमा सरकारले चासो नदिएको भन्दै आन्दोलन गरिरहेको जनाएैका छन । आरक्षपीडित सघर्ष समितिका सहसचिव कृष्णदत्त भट्टले पीडितको आवाज सरकारले नसुनेपछि अहिले आधा नाङगिएरै आन्दोलन गर्न लागेको बताए ।

उनले नयाँ सरकारले समेत आफुहरुको समस्या गर्न ढिलाई गरेको भन्दै सरकारलाई घचसच्याउनका लागि जिल्ला सदरमुकाम महेन्द्रनगरमा प्रर्दशन, धर्नादेखि ज्ञापन पत्र बुझाएको तर सरकारले आफुहरुको मागप्रति वेपत्ता गरकेो बताए । ‘हामी विस्तावित भएको ०५८देखि ०८२सम्म भएका सबै निर्वाचनमा आश्वासन मात्रै दियो, पुरा भएनन, ‘उनले भने, ‘अहिलेको सरकार र जनप्रतिनिधीसंग हामी आशावादी छौँ, यस पटक सरकारको ध्यानाकषण मात्रै गराएका छौँ ।’
आरक्ष पीडितका युवा अभियन्ता सुजित श्रेष्ठले अहिलेको सरकारको ध्यानार्कषण गराउने उदेश्यका साथ बजारमा ¥यालीदेखि प्रशासन मार्फत ज्ञापन पत्र धर्ना दिईएको बताए । उनले आरक्षपीडित सहितका उनका सन्तानले ०५८सालदेखि आधारभूत मौलिक हकबाट समेत बञ्चित भएको बताए । आरक्षपीडित सघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले पीडितलाई बर्षनी दिने आश्वासन मात्रै भएकाले अब न्याय नपाउँदासम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिए । अध्यक्ष रोकायाले यस अघि अन्य दलहरुले पनि आफुहरुको मागमा कुनै सुनुवाई नगरेको र अहिलेका दल, सरकारले समेत आफुहरुप्रति उस्तै प्रवृति दोहो¥याईरहेको दुखेसो पोेखेका छन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले आरक्षपीडितको माग सहितका विषयमा केन्द्रीय सरकार समक्ष राख्ने आश्वासन दिर्दै आन्दोलनका कार्यक्तम स्थगित गरेर वार्ता, सम्वाददेखि छलफलका माध्यमबाट समस्याको निकासका लागि पहल आवश्यक रहेको औल्याएका थिए । जिल्लाबाट प्रतिनिधित्वत्व गर्ने सासदत्रय जनक सिह धामी, दिपकराज बोहरा र ज्ञानेन्द्र सिह महताले पीडितको बस्तीमै जानुका साथै ससदमा समेत आरक्षपीडितको मुद्दा उठान गर्दै धर्यता गरिदिन आग्रह गर्दै आएका छन । पुर्नस्थाना नहुँदा आरक्षपीडित अढाई दशकदेखि झुपडीमा नारकीय जिवन विताउन बाध्य भएका छन ।






