दोधारा चाँदनीमा ‘खोज तथा उद्धार सम्बन्धी दुई दिने अभिमुखिकरण’


कञ्चनपुर । जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजना अन्तर्गत खोज तथा उद्धार सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा दुई दिने खोज तथा उद्धार सम्बन्धी अभिमुखिकरण दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा सम्पन्न भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाका कार्यक्रमका संयोजक महेश घिमिरेले जानकारी दिनुभएको छ् । अभिमुखिकरणमा बाढी ग्रस्त क्षेत्रका खोज उद्धार दल, नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत युवाहरुको सहभागिता रहेको उहाँले बताउनुभएको छ् ।

जलवायु उत्थानशील समुदाय (सिआरसी) ले कञ्चनपुर क्षेत्रमा जलवायुजन्य विपद्कोरुपमा बाढी र तातो हावाको लहरको असर न्युनिकरण गर्न समुदाय स्तरमा पुर्व तयारीका बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभयो । अभिमुखिकरण मार्फत विपदको समयमा प्रभावकारी रुपमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न आवश्यक सीप र ज्ञान प्रदान गरिएको उहाँको भनाई छ् ।

स्थानीय स्तरमै खोज तथा उद्धार क्षमताको अभिवृद्धि गर्न तालिम उपयोगी हुने तालिमका सहभागी लक्ष्मी बुढाले बताउनुभयो । तालिमबाट सिकेका ज्ञान र सीपलाई आफ्नो समुदायमा विस्तार गर्ने तालिमका सहभागी लक्ष्मी बुढाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ् । विपदको सामना सहज बनाउन र समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको सहभागी लक्ष्मी बुढाको बताउनुभयो ।

जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाले जलवायुजन्य विपद्कोरुपमा बाढी र तातो हावाको लहरको असर न्युनिकरण गर्न दोधारा चाँदनी नगरपालिका क्षेत्रको समुदाय स्तरमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाले जनाएको छ् ।


ताजा समाचार

spot_img