सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् बोर्ड सदस्यमा लिला सिंह नियुक्त


कञ्चनपुर: सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् बोर्ड सदस्यमा लिला सिंह नियुक्त भएकी छन्।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को बोर्ड सदस्यमा कञ्चनपुर जिल्ला बाट लिला सिंह नियुक्त भएकी छन्। कराते खेलमा लामो समयदेखि निरन्तर समर्पित भई योगदान पुर्‍याउँदै आएकी सिंहले करिब तीन दशकपछि यो अवसर प्राप्त गरेकी हुन्।

सिंहले खेलाडीका रूपमा सुरुआत गर्दै प्रशिक्षक र निर्णायकको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेकी छन्। खेलकुद क्षेत्रमा उनको सक्रियता र अनुभवलाई मूल्यांकन गर्दै उनलाई प्रदेश खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त गरिएको हो। कञ्चनपुर जिल्लाबाट प्रदेश खेलकुद परिषद्को बोर्ड सदस्यमा लिला सिंहसँगै काशिराम बोहराको पनि नियुक्ति भएको छ।


ताजा समाचार

spot_img