कञ्चनपुर : कञ्चनपुरको एक होटलले दार्चुलामा पुल बनाउन सर्वे गर्ने हर्क साम्पाङ्गको टोलीलाई सम्मान गरेको छ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर स्थित हाम्रो भोजनालयले दार्चुलामा पुल बनाउन सर्वे गर्ने हर्क साम्पाङ्गको टोलीलाई सम्मान गरेको हो ।

बिहीबार महेन्द्रनगरमा होटलले सापाङ्गको टोलीलाई सम्मान गरेको जनाएको छ । हाम्रो भोजनालयका सञ्चालक चक्र प्रसाद मिश्रले सुदूरपश्चिमको विकट जिल्ला दार्चुलामा पुल निर्माणका लागि सांसद समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्गले अघि सारेको योजनाले दार्चुला विकट गाउँका जनताको मुहारमा खुसी ल्याउने भनेर सम्मान गरेको बताए ।

उनका अनुसार सर्भे टोलीका ईन्जिनियर कर्मचारीलाई खादा र प्रसंसापत्र प्रदान गरिएको छ । पञ्चायत कालदेखि हालसम्म जितेका सांसदहरुले वास्ता नगरे पछि हर्क तातेको स्थानीय जनताले भनेका छन् ।







