रेडियन्ट माध्यमिक विद्यालयमा वार्षिक परीक्षा सुरु रेडियन्ट


कञ्चनपुर : ​कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयमा बुधबारदेखि शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा सुरु भएको छ । यही चैत्र २० गतेसम्म संचालन हुने परीक्षामा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी भएका छन् । परीक्षाको पहिलो दिन शान्त र मर्यादित वातावरणमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागीता रहेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले परीक्षालाई व्यवस्थित बनाउन शिक्षक र कर्मचारीहरुको विशेष टोली समेत परिचालन गरेको छ ।

​विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले वार्षिक परीक्षा केवल एउटा प्रक्रिया मात्र नभई विद्यार्थीहरूले वर्षभरि हासिल गरेको ज्ञान र सिकाईको वास्तविक प्रतिबिम्ब भएको र यसले विद्यार्थीहरूको शैक्षिक स्तरको पहिचान गर्नुका साथै शिक्षक र अभिभावकलाई समेत विद्यार्थीको प्रगतिबारे स्पष्ट जानकारी दिने बताउनुभयो । प्रिन्सिपल चन्दका अनुसार परीक्षा अवधिभर विद्यालयको पूर्ण वातावरण परीक्षा र अध्ययन केन्द्रित रहनेछ ।

यो परीक्षाले विद्यार्थीहरूलाई माथिल्लो कक्षामा पदोन्नति गर्नका लागि आवश्यक योग्यता र क्षमताको आधार तय गर्ने विश्वास लिइएको छ । परीक्षा सम्पन्न भएलगत्तै नतिजा प्रकाशनको तयारी गरिने र नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान समेत सञ्चालन गर्ने विद्यालयको योजना रहेको प्रिन्सिपल चन्दले बताउनुभयो । विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको रेडियन्ट माध्यमिक विद्यालयले विद्यार्थीको सिर्जनशीलता र शैक्षिक गुणस्तरलाई नै मुख्य प्राथमिकतामा राख्दै आएको छ ।


ताजा समाचार

spot_img