कहाँ गए गैरसरकारी संस्था ? अझै पनि त्रिपाल मुनी बादी घरपरिवार


‘खाना र बस्नको अभावमा पिल्सीरहेका बादी घरपरिवारलाई स्थानिय सरकार र यहाँ क्रियाशिल गैरसरकारी संघ संस्थाको ध्यान किन नगएको हो ? कहाँ गए गैरसरकारी संस्था र मानवअधिकारी बादी संस्था ? सबैले समयमै गम्भिर हुन आवश्यक छ् । गाँस, बाँस र कपासमा पिल्सीदै आएका बडवाल टोलको बादी घरपरिवार जस्ता गरिब तथा बिपन्न बर्गको आधारभुत आवश्यकता मात्रै पुरा गर्न सके पनि समृद्धि आउने हो । कागजमा मात्रै सृमिद्ध र बिकास लेखेर समृद्धि आउनेवाला छैन् ।’

दोधारा । दोधारा चाँदनी नगरपालिकाको पश्चिम क्षेत्रमा बसोबास गर्ने बादी जातीहरु घरबास नहुदा समस्यामा परेका छन् । सरकारको आँखामा नपरेका दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादीहरु खाना र बस्नको नहुदा समस्यामा परेका हुन् । दोधारा चाँदनी नगरपालिकामा नेपाल सरकारले गरिब तथा बिपन्न परिवारलाई भनेर आवास कार्यक्रम बितरण गर्दै आएपनि बडवाल टोलका बादीहरुलाई वास्ता नगर्दा घाम पानीबाट च्यात्तीएको त्रिपालको सहारामा वर्षायाममा दिनचर्या बिताउन बाध्य भएका छन् । गाँस र कपासको समस्या त, टाढै जाओस् बस्नका लागि च्यात्तिएको त्रिपाल मुनी रात काट्नु पर्ने हुदा निकै समस्या हुने गरेको बडवाल टोलका बादी घरपरिवारका मुखिया बिरभाने बादीले बताएका छन् । एक गैरसरकारी संस्थाले दिएको त्रिपाललाई घाम पानीले च्याती दिएको हुदा आकाशबाट पानी परेपछि रातभरी सुत्न नपाईने बादी घरपरिवारका मुखिया बिरभाने बादीले दुखेशो पोखे ।

‘संस्थाहरुले दिएको त्रिपाल घाम पानीले च्यात्तीएको हुदा आकाशको पानी आएको बेला निकै बिचिल्ली मच्चीन्छ्’ बिरभाने बादीले भने– ‘छानो बनाएको त्रिपाल च्यत्तीएकोले रातीको समयमा नानीहरुलाई आकाशको पानीबाट जोगाउनै रात बित्छ् ।’ राम्रो बासस्थान नभएको कारण अहिलेको वर्षात कसरी काट्ने हो भन्ने उनिहरुमा चिन्ता छाएको छ् । ‘सिजनमा माछा मार्ने, मादल मोर्ने र सिजन नहुदा अर्काको मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने गर्छौ’ सिता बादीले भने । श्रीमान रेशम बादी भारतबाट ज्याला मजुरी गरेको पैसाले उपचार गर्नमै ठिक्क भएको कारण घरमा खानाको निकै समस्या पर्दै आएको उनको पिडा छ् । च्यात्तीएको त्रिपालले वर्षा भएको बेला थेग्न नसक्दा कयौं रात अनिदो बिताउनु परेको उनले बताएका छन् । ‘वर्षाको समयमा पानी धरधरी चुहिन्छ् । पानी पर्दा रातभर सुत्न पाईदैन । कपडाहरु पूरै भिजेका हुन्छन् । हावाहुरीले बारम्बार त्रिपाल फाल्छ, कहिले काहीं भागा भाग हुन्छ्’ सिता बादीले भने । देशमा संघियता आएको भएपनि दोधारा चाँदनीका बादी घरपरिवारको दैनिकी कष्टकर जीवन बित्दै आएको छ् ।

बादी घरपरिवारलाई एक छाक खानाको निकै समस्याले पिरल्दै आएको अवस्थामा बासको मात्र सरकारले व्यवस्था मिलाई दिएमा आफुहरुलाई ठुलो सहयोग हुने उनिहरु बताउछन् । बडवाल टोलमा १२ घरधुरी बादी घरपरिवारहरु बसोबास गर्दै आएका छन् । सबै बादीहरुको लागि आवासको निकै ठुलो समस्या भएको देखिन्छ् । अन्य जातीको भन्दा बादी जातीलाई राज्यले अपहेलित गरेको उनिहरुको बुझाई छ् । आफुहरु सरकारी तथ्यांकमा नपरेको र राज्यले नचिनेको उनिहरुको दुखेसो छ् । देशकै सानो समुदायकोरुपमा रहेको बादी समुदायको संरक्षण गर्दै उनिहरुको जिवन शैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व हुनआउछ् ।

सरकारले आफ्नो जनताहरुको गाँस, बाँस, कपास संगै शिक्षाको ग्यारेन्टी लिन पछि हट्नु हुदैन् । खाना र बस्नको अभावमा पिल्सीरहेका बादी घरपरिवारलाई स्थानिय सरकार र यहाँ क्रियाशिल गैरसरकारी संघ संस्थाको ध्यान किन नगएको हो ? कहाँ गए गैरसरकारी संस्था र मानवअधिकारी बादी संस्था ? सबैले समयमै गम्भिर हुन आवश्यक छ् ।

गाँस, बाँस र कपासमा पिल्सीदै आएका बडवाल टोलको बादी घरपरिवार जस्ता गरिब तथा बिपन्न बर्गको आधारभुत आवश्यकता मात्रै पुरा गर्न सके पनि समृद्धि आउने हो । कागजमा मात्रै सृमिद्ध र बिकास लेखेर समृद्धि आउनेवाला छैन् ।


ताजा समाचार

spot_img