कञ्चनपुरका अर्जुन भट्ट राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा तेस्रो


कञ्चनपुर : राष्ट्रिय स्तरमा आयोजित शारीरिक सुगठन प्रतियोगितामा कञ्चनपुरका होनहार खेलाडी अर्जुन भट्टले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

प्रतियोगितामा देशभरका प्रतिस्पर्धी खेलाडीहरू सहभागी रहेका थिए। कडा प्रतिस्पर्धाका बीच भट्टले आफ्नो मेहनत, अनुशासन र लगनशीलताको प्रदर्शन गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएका हुन्।

उनको यस उपलब्धिले कञ्चनपुर जिल्ला मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशकै खेल क्षेत्रलाई गौरवान्वित बनाएको छ। स्थानीय स्तरबाट राष्ट्रिय मञ्चसम्म पुगेर उत्कृष्ट नतिजा ल्याउनु भट्टका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

खेलप्रेमी तथा स्थानीयवासीहरूले भट्टको सफलता प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन्।


ताजा समाचार

spot_img