खडक बहादुर काेलि/कञ्चनपुर : भीमदत्त नगरपालिका र भेटेरीनरि अस्पताल कञ्चनपुरको संयुक्त आयोजनामा सप्ताह कार्यक्रम अन्तर्गत घरपालुवा तथा छाडा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइरहेको छ । चैत २ गतेदेखि सञ्चालन भइरहेको सप्ताह कार्यक्रममा १ सय ५१ कुकुरहरू लाई खोप लगाइएको भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख तथा पशु विकास निर्देशक डा. रशिन पाण्डेले बताएका छन् । केही दिन अगाडि बौला कुकुरले एकै दिनमा २८ भन्दा बढी मानिसलाई टोकेकोले हामीले यस सप्ताह व्यापी कार्यक्रमलाई तीव्र रुपमा घर, चोक चोक र समुदायमा गएर रेबिज विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पतालका सूचना अधिकारी गणेश धामीले बताए, उनका अनुसार १ सय ५१ कुकुरलाई रेबिज विरुद्धको खोप वडा नं ३,४,५, ६ र १८ मा अस्पतालको टोली गएर खोप लगाएको र अझै बाँकी रहेका कुकुरहरूलाई घर ,चोकचोक, समुदायमा गएर खोप लगाउने उनले बताए ।

नगरपालिका, वडा प्रहरी कार्यालय र अस्पतालको सहकार्यमा दुईटा बौला कुकुरलाई नियन्त्रणमा लिएका थियौ । दुईटा मध्ये एउटा मरिसकेको र एउटा नगरपालिकाको खोरमा राखिएको उनले बताए । डाक्टर रशिन पाण्डेका अनुसार बौला कुकुरले छातीमा टोके जीवाणु तुरन्त प्रवेश हुने र खुट्टामा टोके केही समयपछि लक्षण देखापर्ने भएकोले राम्रा कुकुरले वा बौलाएका कुकुरले जुनसुकै कुकुरले टोके पनि तुरन्त रेबिज विरुद्धको खोप लगाउनु पर्ने हुन्छ । केही दिन अगाडिदेखि बहुलाह कुकुरको विकबिकी भई धेरै मानिसहरूलाई टोकेकाले भेटेनरि अस्पतालमा पनि खोप लगाउन कुकुर र बिरालोको संख्या दोब्बरले बढि आउने गरेको भएको छ ।

डाक्टर पाण्डेका अनुसार विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म रेबिज लागेर मृत्यु हुने मानिसको मृत्युदर शुन्यमा झार्ने योजना रहेको बताए २ गते बाट भीमदत्त नगरपालिका र भेटेरिनरी अस्पताल कञ्चनपुरको संयुक्त आयोजनामा सञ्चालन भइ रहेको रेबिज विरुद्धको आकस्मिक खोप कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने भेटेरिनरी अस्पतालका अधिकृत दीर्घ कुमार स्वारले बताए ।







