सशस्त्र प्रहरीद्वारा अवैध समान बरामद

कञ्चनपुर,

कञ्चपुरका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन विष्ट नेतृत्व सहित बिओपी झिलमिला, बेलौरी, मटैनाको टोलीले भारतबाट भित्र्राउदै गरेको अवैध समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका अनुसार अबैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको बिडी, प्याज, स्वीट सुपारी, चिनी, प्रतिबन्धित बोईलर कुखुरा र माछा सहित एक लाख ७८ हजार बराबरको समान बरामद गरिएको र बरामद गरिएको समान भन्सार चलान गरिएको छ ।

ताजा समाचार