पप्पु गुरुङ्ग, दोधारा । ब्रिटिश पोखराले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिद्यार्थी र अभिभावकहरुलाई ब्रिटिश गोर्खा र सिंगापुर प्रहरी भर्ती बारेमा जानकारी कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा रहेको भानु माध्यमिक बिद्यालयका बिद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई ब्रिटिश गोर्खा र सिंगापुर प्रहरी भर्ती सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न गरेको ब्रिटिश पोखराका एआरओ हरि प्रसाद राईले जानकारी दिनुभएको छ् । ब्रिटिश पोखराले देशभरी संचालन गरेको ब्रिटिश गोर्खा र सिंगापुर प्रहरी भर्ती बारेमा सबैमा जानकारी गराउने उद्धेश्यले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकाको भानु माध्यमिक बिद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।


वर्षेनी नेपालबाट ब्रिटिश गोर्खा र सिंगापुर प्रहरी भर्तीमा युवाहरु जाने गरेको अवस्थामा उनिहरुलाई भर्ती हुनको लागी आधारभुत ज्ञान दिनको लागी भर्ती सम्बन्धी जानकारी कार्यक्रम सञ्चालन गरिएको ब्रिटिश पोखराका एआरओ हरि प्रसाद राईले बताउनुभएको छ् । भर्तीको लागी आवश्क उमेर, शैक्षिक योग्यता, शारिरिक अवस्था, छनौट प्रकृया लगाएत बिषयमा जानकारी गराईएको ब्रिटिश पोखराका एआरओ राईले बताउनुभयो । नेपालको पूर्वी भेगबाट ब्रिटिश गोर्खा र सिंगापुर प्रहरीमा बर्सेनी ठूलो सहभागिता हुने गरेपनि सुदूरपश्चिमका युवाहरु यस अवसरबाट बञ्चित हुदै आएका उहाँको भनाई छ् । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेतले वर्षेनी दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट युवाहरु ब्रिटिश गोर्खा र सिंगापुर प्रहरी भर्तीमा जाने र भर्ती हुन जाँदा आधारभुत ज्ञानको कमीको कारण भर्ती हुन नसक्ने भएको बताउदै ब्रिटिश पोखराले सञ्चालन गरेको ब्रिटिश गोर्खा र सिंगापुर प्रहरी भर्ती बारेमा जानकारी कार्यक्रमले युवाहरुलाई ठुलो सघाउ पुग्ने बताउनुभएको छ् ।


कार्यक्रममा भर्ती हुन आवश्यक मापदण्डको ज्ञान सहित ब्रिटिश पोखराको कार्यालयमा सम्पुर्ण जानकारी पाउन सकिने एक सुवर्ण अवसर भएको वडाध्यक्ष ओंम बस्नेतले बताउनुभयो । कार्यक्रममा भानु माध्यमिक बिद्यालयलाइ ब्रिटिश पोखराले खेल सामग्री सहित ब्रिटिश गोर्खा र सिंगापुर प्रहरी भर्ती हुने आवश्यक जानकारी बुकलेट समेत उपलब्ध गराएको उहाँले बताउनुभएको छ् ।


कुनै समय बाध्यता र अप्ठ्यारो बिच सुरु भएको ब्रिटिश गोर्खा र सिंगापुर प्रहरी भर्ती धेरै युवाहरुका लागि आज रहर र समाजिक प्रतिष्ठाको विषय बनेको कार्यक्रममा बताईएको छ् ।






