कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका १९बागफाँटा–उल्टाखाममा रहेको लक्ष्मी माध्यामिक विद्यालयले ४३औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । शनिबार एक कार्यक्रमका विच उक्त नमुना विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
यस पटक विद्यालयले निर्माण गरेर विज्ञान कला प्रस्तुत सहितको दिवस मनाएका छन । कार्यक्रममा विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यालयमा शैक्षिकका साथै भौतिक प्रगति भईरहेको बताए ।

प्रद्यानाध्यापक नाथले विद्यालयमा आएको दरबन्दीदेखि पठाएका शिक्षक उपस्थिति नहुँदा पनि विद्यालयमा उपलब्ध न्यूनतम जनशक्ति, स्रोत साधन उपभोग गर्दै शैक्षिक गुणस्तर बृद्धि गर्दै आएको बताए । ०७८सालमा भीमदत्त नगरपालिकाले दरबन्दी मिलान गरेपछि मावि गणित विषयका शिक्षक प्रमानन्द नाथले लक्ष्मी मावि प्रअको जिम्मेबारी पाएका थिए । उतिबेला १८०मात्रै विद्यार्थी रहेका थिए, त्यसपछि प्रअ नाथको नेतृत्वमा बर्षनी विद्यालय सुधारोन्मुख हुँदै गएपछि विद्यार्थी संख्या पनि बृद्धि हुँदै गएका छन ।०७८मा १८०, ०७९मा ३९४, ०८०मा ५८०, ०८१मा ५८८ र चालु शैक्षिक सत्र ०८२मा ५४५विद्यार्थी रहेका छन ।

गत बर्ष शिक्षक, कर्मचारीको आन्दोलनले लक्ष्मीमा आउने विद्यार्थी अन्यन्त्र गएका थिए । विद्यालयमा अग्रेजी, नेपाली दुवै माध्यमबाट पठनपाठन संचालक गरेर शैक्षिक गुणस्तर बृद्धि, आर्थिक स्रोत बृद्धि गरिएको थियो । प्रअ नाथले आगामी शैक्षिक सत्रदेखि प्रदेश सरकारले छनौट गरेको नमुना विद्यालय अन्र्तरगत आधुनिक भवन निर्माण, आन्तरिक कृयाकलाप, अक्षयकोष निर्माण, मन्टेश्वरी कक्षा संचालन, लेखा समाजिक प्रणाली कार्यान्वयन, पढ्दै कमाउँदै कार्यक्रम संचालन गरेर निकट भविष्यमै विद्यालयले काचुली फेर्ने बताए । प्रअ नाथले नियमित शैक्षिक कार्यक्तमका साथै अतिरिक्त कृयाकलापमा समेत विद्यालयले उपलब्धी हासिल गरेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले आम अभिभावक, शिक्षक, कर्मचारीदेखि तीनै तहका जनप्रतिनिधी सरोकरावालाको सहयोग, समन्वय सहकार्यबाट ग्रामिण विद्यालयले शैक्षिक उन्नती हासिल गर्न सकेको बताए ।
अध्यक्ष भण्डारीले प्रदेश सरकारले नमुना विद्यालय छनौट गरेसंगै आगामी दिनमा भौतिक शैक्षिक प्रगतिदेखि छात्राबास निर्माण गरिने बताए । अध्यक्ष भण्डारीले सामुदायिक विद्यालय सुधारका लागि तीनै तहका जनप्रतिनिधी गम्भिर हुनुपर्नेमा जोडदिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य एव पुर्वमन्त्री प्रकास रावलले विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गरेको बताउँदै आगामी दिनमा पनि सहयोगको बाचा गरेका छन ।
कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले पनि विद्यालयले शैक्षिक सुधारका कार्यक्रम गरेको बताउँदै आगामी दिनमा सहयोगको बाचा गरेका छन । कार्यक्रमका अर्का बिशिष्ठ अतिथि शिक्षा विकास तथा समन्वय इकाई लक्ष्मण गिरीले लक्ष्मी माविले शैक्षिक सुधारका कार्यक्रम संचालन गरेरै नमुना विद्यालयको उचाईमा पुगेको बताए । कार्यक्रममा शैक्षिक क्षेत्रका सरोकारवाला, अभिभावकहरुले पछिल्ला पाँच बर्षयता विद्यालयले उख्लेख्य शैक्षिक पथमा लागेको बताएका छन । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार, विद्यालयको शैक्षिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, सरोकारवालाको उपस्थिति रहेको थियो ।






