एपेक्स गोदाबरी एकेडेमीको १९औँ बार्षिकोत्सव सम्पन्न


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक निजी विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर(कटान)मा रहेको एपेक्स गोदाबरी एकेडेमी (ज्ञानदीप)को १९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

शनिबार एक कार्यक्रमका विच विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको जनाएको छ । प्रिन्सिपल दिपक बहादुर चन्दले बार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्र्रस्तुत गर्दै विद्यालयले शैक्षिक बृद्धि विकास गर्दै आएको बताए । प्रिन्सिपल चन्दले आगामी शैक्षिक सत्रदेखि विद्यालयले आफ्नै भवनबाट पठन पाठन गर्ने बताए । उनले विद्यालयकै आफ्नै आधुनिक भवनमा कक्षा संचालन गरिने बताए । प्रिन्सिपल चन्दले प्राविधिक शिक्षा सहितका शैक्षिक कार्यक्रम संचालन गरिने बताए ।

कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । साथै विवित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक मदनसिह देउपाले विश्वविद्यालयका लागि विद्यार्थी उत्पादन गर्ने थलो विद्यालय नै भएकाले हरेक विद्यालयले आधारभूत तहबाटै शैक्षिक गुणस्तरिय शिक्षा प्रदानमा जोडदिएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक सहितका शैक्षिक क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img