कञ्चपुरमा विद्यार्थी आँखा जाँच कार्यक्रम


कञ्चनपुर : कञ्चनपुरमा विद्यार्थी आँखा जाँच कार्यक्रम शुरु गरिएको छ । गेटा, महेन्द्रनगर आँखा अस्पतालले कञ्चनपुरमा विद्यार्थी आँखा जाँच कार्यक्रम शुरु गरेको हो । गेटा, महेन्द्रनगर आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत बीरसिह धामीले नेपाल नेत्रज्योति संघ गेटा, महेन्द्रनगर आँखा अस्पतालले विद्यालयमै गएर विद्यार्थीका आँखा जाँच कार्यक्रम शुरु गरेको बताए ।

उनका अनुसार शुक्रबार भीमदत्त नगरपालिका १८महेन्द्रनगर भगतपुरको आर्दश विद्या निकेतन विद्यालयका विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्तम गरिएको बताए । धामीले विद्यालयमै गएर विद्यार्थीको आँखा चेकजाँच गरेर उनीहरुको स्वास्थ्य सुधारका लागि काम गरिरहेको बताए । ‘विद्यार्थीको आँखा स्वस्थ्य राख्नका लागि स्वयम विद्यार्थी, अभिभावक र विद्यालयले ध्यान दिए जस्तो देखिदैन, ‘शुरुवाती चरणमै समस्या पहिचान भयो भने, उपचारमा पनि सहज हुन्छ।

त्यसैले हाम्रो टिमले विद्यालयमै आएर चेकजाँच गरिरहेको छ, प्रारम्भिक रुपमा क्याम्पमै उपचार गछौँ, त्यसपछि थप समस्या देखिए अस्पतालमा गर्नेछौँ ।’ बरिष्ठ नेत्र अधिकृत धामीले यस अघि दुई विद्यालयमा सम्पन्न भएको र थप विद्यालयमा पनि गर्ने बताए । आर्दशमा झण्डै ५सय विद्यार्थीको चेकजाँच गर्ने लक्ष्य रहेको बताए । आर्दश विद्या निकेतनका प्रिन्सिपल लोक बहादुर विष्टले यसरी विद्यालयमै आएर निःशुल्क आँखा चेकजाँचबाट विद्यार्थीको स्वास्थ्य थप बिग्रीनबाट जोगिएको बताए ।


ताजा समाचार

spot_img