कञ्चनपुर : वैवाहिक जिवनमा बाँधिएको दुई साता अर्थात १४ दिनमा कञ्चनपुरकी एक महिला मृत फेला परेकी छिन । शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २२ बर्षिया बिन्दु धामी आफ्नै कोठामा मृत फेला परेकी हुन । १४ फागुन ०८२ मा कृष्णपुर नगरपालिका ७ मटैया कटानकी २२ बर्षिया बिन्दु धामीको शुक्लाफाँटा नगरपालिका ७ कालापानीका २९ बर्षिया भीम धामीसंग मागि विवाह भएको थियो । विवाह भएको १४ दिनमै बिन्दु आफ्नै कोठामा २७ फागुनमा मृत भेटिईन् ।

मृतक बिन्दुकी हजुरआमा तारा धामीले धुमधामका साथ विवाहको खुसी साट्न नपाउँदै नातिनीको शस्कास्पद मृत्यु भएको बताए । ‘विवाह मागि नै हो, हामीले पनि धुमधामका साथ विवाह गरिदियौँ, ‘उनले भनिन, ‘यो घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ, दोषिले उन्मुक्ति पाउँनु हुँदैन, निर्दोष फस्नु हुँदैन ।’ बिन्दु कक्षा १२ अध्ययनरत रहेकै अवस्थामा ब्यूटीपार्लर सिकेर बसेकी थिईन । कुटुम्ब माग्न आएपछि धार्मिक परम्परा अनुरुप विवाह भएको बताउँदै बिन्दुकै श्रीमानमाथि शंका भएको माईती पक्षको दावि छ । मृतक बिन्दुका हजुरबाबु प्रेम सिह धामीले विवाह भएको छोटो समयमै मृत फेला घटना रहस्यमयी भएको बताए । ‘मृतक नातिनीको यौनीमा रगत देखिएकाले हामीलाई शंका लागेको छ, ‘उनले भने, ‘यो त निकै शकास्पद छ, विवाह पनि झुक्याएर गरेको देखिन्छ ।’

ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतले बिन्दु धामी मृत्यु प्रकरण छानबिन भईरहेको बताए । ‘पोष्टमाष्टम भयो, रिर्पोट आईतबार सम्म आईपुग्छ, शब पनि हामीले आफन्तलाई बुझाई सकेका छौँ, ‘उनले भने, ‘घटना बारे सुक्ष्म छानबिन भईरहेको छ ।’ कञ्चनपुरका समाजिक अगुवा रामदत्त भट्टले संगै बाँच्ने मर्ने कसम खाएर बैवाहिक बन्धनमा बाँधिकी बिन्दु यति छोटो समयमै प्राण त्यागमा ठुलो पिडा लुकेकको हुनसक्ने भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको हुनुपर्ने बताए । ‘अहिले यतिठुलो समाजिक फौजदारी यो अपराध लुकाए, भोली समाजमा अरु पनि महिला शिकार हुन्छन, ‘उनले भने, ‘यस घटनामा प्रहरी कहि कतै पनि चुक्नु हुँदैन, यो त एक व्यक्तिको घटना होईन सिङ्गो समाजलाई नै प्रतिनिधित्व गर्छ ।’ महिला अगुवादेखि नागरिक समाजले समेत बिन्दु मृत्यु प्रकरणमा चासो दिदै यथाशिघ्र छानबिन गरेर वास्तविक दोषि पहिचान गरेर कानुनी कार्बाहीको माग अघि सारेका छन ।







