कञ्चनपुर : कम्युनिष्ट युवा संगठनले बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी ईनिसा विकका हत्यारा माथि कानुनी कार्बाहीको माग अघि सारिएको छ । नेकपा बहुमत निकट कम्युनिष्ट युवा संगठनले बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी ईनिसा विकका हत्यारा माथि कानुनी कार्बाहीको माग अघि सारेको हो ।

कम्युनिष्ट युवा संगठन ६नम्बर ब्यूरो इन्चार्ज दिपेन्द्र सिह ऐरीले हस्ताक्षर गरेको विज्ञप्तीमा १६ बर्षिया बालिकाको बलात्कार, हत्यामा संलग्न सबैमाथि कानुनी कार्बाही गर्दै पीडित परिवार न्याय नदिए आन्दोलनको चेतावनी दिएका छन ।







