१२ बर्षिया बालिका करणी आरोपमा भीमदत्तका गिरी र नाथ पक्राउ


कञ्चनपुर  : कञ्चनपुरमा १२ बर्षिया बालिका करणी आरोपमा भीमदत्त नगरका दुई युवक पक्राउ परेका छन ।बालिकालाई ललाईफकाई जंगलमा बलात्कार गर्न खोजेको आरोपमा भीमदत्त नगर १०मटैनाका ४७ बर्षिया नरेश गिरी र भीनपा ९ब्रम्हदेबका ४० बर्षिया हिरा नाथ पक्राउ परेका हुन ।

गिरी र नाथ बिरुद्ध प्रहरीमा उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाईएको कञ्चनपुर प्रहरीले जनाएको छ । नाथ र गिरीले छोरी नातिनी सरह अबोध बालिकालाई ललाईफकाई गरेर जंगल लगेको पीडितले प्रहरीलाई जाहेर गरेका छन ।

कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहीले घटना बारे अनुसन्धान भईरहेको बताए । महिला अधिकारकर्मीले पहुँचका भरमा घटना मिलाउन खोजे आन्दोलनको चेतावनी दिएका छन ।


ताजा समाचार

spot_img