कञ्चनपुर,
कोराना भाईरसका कारण विश्वभरी प्रभाव छायो । मानिसले अकालमै ज्यान गुमाउनुका साथै रोजगारी समेत गुमाए । जसका कारण विश्व अर्थतन्त्र र मानव जगतमाथि नै ठुलो झट्का प¥यो । त्यसकै फलस्वरुप विदेशमा रहेका नेपालीमाथि पनि असर प¥यो । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरका धनसिह साउद विगत ८ बर्षदेखि थाईल्याण्ड रोजगारी गर्दै आएका थिए । 

व्यवस्थापन विषय अध्ययन गरेका साउद १२ बर्ष भारतको एक होटलमा फाईनान्सका काम गरेर तेस्रो मुलुक गएका थिए । कोरोना कहरले स्वदेश फर्किएका उनले विदेशमा लाखौँ रकम कमाउने अवसर गुमाएका छन । विदेशमा कमाई राम्रो भएपनि उनले कोरोनाका कारण स्वदेशमै रोजगारीका अवसर खोजे । उनले औपचारिक रुपमा बुधबारदेखि भीमदत्त नगरपालिका ४ गोलमार्केटमा ‘गार्डेन क्याफे’ संचालनमा ल्याएका छन ।
भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७७÷०७८देखि गोल मार्केटको भवन भाडामा लगाएका थिए । ‘मासिक २० हजार भाडा तिरेर क्याफे संचालन गरेको छु, ‘साउदले भने, ‘विदेशमा लाखौँ रकम कमाउनु भन्दा स्वदेशमै बसेर केही गर्न सकिने सोचेर क्याफे व्यवसायमा जुटेको छु ।’ धुम्रपान तथा मध्यपान रहित परिवारिक एव बालबालिका आम उपभोक्ताका लागि सेवा दिईने संचालन साउदले बताए । ‘मुख्य गरेर कफि नै हो, ‘त्यसका साथै खाजाका विभिन्न प्रकार उपलब्ध हुन्छन ।’ लाईभ किचन सहित भएको उक्त क्याफे क्षेत्रमा पार्क समेत रहेको छ ।

