दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकर्ता भेट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ् । निर्वाचन मत परिणाममा कञ्चनपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमतले बिजय भएकोले भेट तथा शुभकामना आदन प्रदान कार्यक्रम गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुर जिल्ला संगठन बिभागको उप–सभापती धन बहादुर शाहीले बताउनुभएको छ् । देश घण्टीमय भएको अवस्थामा कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बिजय गराउन सहयोग गर्ने सबैलाई उप–सभापती धन बहादुर शाहीले धन्यबाद दिनुभएको छ् ।

पुराना दलहरुको कारण आजित भएका नेपाली जनताले नयाँ दलको आशा र भरोसा गरेको उहाँले बताउनुभएको छ् । देशमा छाएको संकटलाई राष्ट्रिय स्वतन्त्र पार्टीले चिरेर देश र जनतामा खुशीयाली ल्याउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुर जिल्ला संगठन बिभागको उप–सभापती धन बहादुर शाहीले दाबी गर्नुभएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भएका बिकृती, बिसंगती र भ्रष्टाचारलाई निर्मुल पार्न पार्टी कडारुपमा प्रस्तुत हुने बताईएको छ् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालको सभापतित्वमा संचालन भएको कार्यकर्ता भेट तथा शुभकामना आदानप्रदान कार्यक्रममा (रास्वपा) का नेता तथा कार्यकर्ताले संगठन बिस्तार, आउदो स्थानिय निर्वाचन लगाएत बिषयमा आ–आफ्नो बिचार ब्यक्त गरेका थिए ।







