कञ्चनपुर: ९ बर्ष अघि मातृभूमि रक्षा नेपाली नागरिक गोबिन्द गौतमले ज्यान गुमाएका थिए । २६फागुन ०७३मा बिहीबार (नेपाल–भारत) सीमा विवादको विषयलाई लिएर भारतीय पक्षबाट नेपाली नागरिक गोबिन्द गौतम मारिए । कञ्चनपुरको पुर्नवास नगरपालिका–४ तत्तकालिन आनन्द बजार हाल (गोबिन्द बजार) सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर पुर्नवास नगरपालिका–४(घ) गाउँका ३२ बर्षिय गौतम मारिएका थिए ।कञ्चनपुरको गोबिन्द बजार र भारत लखिमपुरखिरीको बसही बजार जोड्ने नालामा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय पक्षले अवरोध गरेपछि त्यसको बिरुद्धमा नेपाली उत्रिएका थिए । नेपाली पक्षले कल्भर्ट निर्माणको माग गर्दै प्रर्दशनमा उत्रिएपछि भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली प्रहारबाट घाईते भएका गोबिन्द उपचारका क्रममा कैलालीको सिपी अस्पतालमा दिउँसो १२ बजेतिर मृत्यु भएको थियो ।

गोबिन्दको मुत्युको खबरले एकातिर घरपरिवार शोकमा डुबेका थिए, भने अर्कातिर आक्र्रोसित नेपालीले घटना स्थलमा थप प्रर्दशन गरे । दोस्रो दिन पनि घटना स्थल तनावग्रस्थ नै रह्यो । पुनः दोस्रोदिन पनि दोहोरो फायरिङ्ग भयो । भारतीय सुरक्षाकर्मीबाट २५ राउड हवाई फायर, ५ आश्रुग्याँस प्रहार र नेपाली सुरक्षाकर्मीबाट ५ राउण्ड आशुँग्यास प्रहार गरिएको थियो । उता गोबिन्दको शव पोष्टमाष्टका लागि सेती अञ्चल अस्पतालमा राखिएको थियो । सरकारले गोबिन्दलाई शहीद घोषणा संगै राहत दिने प्रतिबद्धता जाहेर गरेपछि मात्रै ३ तीन पछि मात्रै आफन्तले शव बुझे । फागुन २९ गते दोदा नदीमा हजारौँको जनसागरकावीच गोबिन्दको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो । घटना थप हुन नदिन नेपाली र भारतीय अधिकारीवीच तीन बुँदे मौखिक सहमतीपछि सीमा क्षेत्रमा तनाव रोकियो । गोली हान्नेलाई छानबिन गरी कार्बाही गर्ने, विवादित क्षेत्र कलर्भट हाललाई पक्की गर्ने कार्यलाई यथावत राखेर दुवै देशको सीमा विज्ञहरुको सहभागितामा सीमा निर्धारण गर्ने र दुवै देशका नागरिकलाई आवत जावतमा रोक लगाई उक्त सीमा नाका केहि दिनका लागि सिल गरिने मौखिक समझदारी भएको थियो ।

नेपाल–भारतका अधिकारीले यस्तो तीन बुँदे मौखिक सहमती गरेपनि आक्र्रोसित नेपालीले भने प्रर्दशन जारी राखेका थिए । प्रर्दशनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले घटनास्थलमा निषेधित ग¥यो । महिनौँ दिनसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो क्षेत्रमा परिचालन गरियो । घटना भए लगत्तै सशस्त्र प्रहरी बलले गोबिन्द बजारमा अस्थायी सीमा सुरक्षा बल राख्यो । ९ बर्षदेखि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको अस्थायी सीमा क्याम्प राखेको छ । तीन महिनासम्म घटना स्थल र असपासका क्षेत्रबाट समेत आवत जावतमा पुर्ण रोक लगाएपछि नेपालीको भरमा चलेको भारतीय बसही बजार बन्द नै भयो । बसही बजारका व्यवसायी पसलमा ताला लगाएर घरतिर लागेका थिए । भने दैनिक चलहपहल हुने गोबिन्द बजारपनि सुनसान भयो । ९ बर्षदेखि उक्त नाका बन्द रहेको छ ।

नाला पारी भारतको बसही बजार वारी नेपालको तत्तकालिन आनन्द बजार थियो । नेपालीहरु दैनिक घरयासी र खुद्रा पसलको समान खरिदका लागि बसही बजार नान्थे । भारतीय नागरिक पनि नास्तादेखि नेपाली बजारमा समान उपभोगका लागि आनन्द बजार आउँथे । तर, नेपाली र भारतीय बजार जोड्ने नालामा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय पक्षबाट कञ्चनपुर पुर्नवासका नेपाली नागरिक गोबिन्द गौतम मारिएपछि भारती बजार एकबर्षदेखि ठप्प भएको छ । भने नेपाली बजार सुनसान भएको छ । पुर्नवास नगरपालिका–४का स्थानीय युवक गोबिन्द गौतम मारिएपछि सरकारी निकायबाट शहीद परिवार र संघर्या समितिसंग गरिएका प्रतिबद्धता पुरा भएका छैनन् । गोबिन्दको सालिक कुनै अरु निकायबाट निर्माण गर्ने नगरपालिकालाई जानकारी आएपछि नगरपालिकाले सालिक निर्माण लागि बजेट विनियोजन नगरेको उनले बताए । कञ्चनपुरका स्थानीयले सीमा क्षेत्रमा अब यस्ता घटना दोहोरिन नदिन समेत आग्रह गर्दै आएका छन ।






