कञ्चनपुर: पहिलो प्रयासमै सासद बनेका रास्वपाका युवा नेता जनक सिह धामी अहिले मतदाताहरुलाई धन्यवाद दिदै हिडेका छन ।

कञ्चनपुर १बाट निर्वाचित भएका धामीले क्षेत्रका मतदाताको घरदैलोमा पुगेर धन्यवाद, अभार प्रकट गरिरहेका हुन । जसरी मत माग्न घरदैलोमा पुगे, त्यसरी नै उनी धन्यवाद आभार प्रकट गर्दै चुनावी बाचा पुरा गर्ने सकल्प लिएका हिडेका छन ।

निर्वाचित लगत्तै बेलौरीमा रहेको किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा माल्र्यापण गरेर जनताको घरदैलोमा पुगिरहेका छन । साढे तीन दशका राजनीतिमा होमिएका धामी चुनावी मैदान टेकेकै बेला सिधै सासद भएका छन ।

बेलडाँडी गाँउपालिका ४वैवाहका नवनिर्वाचित सासद धामीलाई अहिले मतदाता कहाँ पुगेर आभार प्रकट गर्न भ्याईनभ्याई भईरहेको छ । मतदाता(जनता)हरुले समेत विगत ३१ बर्षसम्म राजावादी, काँग्रेस, कम्युनिष्ट, मधेशवादी जस्तो नभई देश र क्षेत्रका जनताको भावना अनुरुप कामकाज गर्न सुझाव दिईरहेका छन । जनक धामीले २४ हजार ३३२मत ल्याएका थिए ।






