आरक्षपीडित शिबिरमा नव निर्वाचित सासद महता : ‘पीडितले भने, हाम्रो समस्या रास्वपा सरकारले मात्रै गर्छ


कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र ३का नवनिर्वाचित प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले आरक्षपीडितको शिबिरमा गएर भेटघाट गरेका छन । सोमबार नव निर्वाचित रास्वपा सासद महताले भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा बस्दै आएका आरक्षपीडितको शिबिरमा गएर भेटघाट गरेका हुन । सासद महता समक्ष आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले ०६४देखि ०७९ सम्म दलहरुले चुनावमा बेला आफुहरुलाई आश्वासन दिने तर केही नगर्दा आफुहरुको समस्या जस्ताको तेस्तै रहेको बताए ।

उनले पीडितलाई अन्य दलको सरकारबाट आशा मारेको र अब रास्वपा सरकारबाट मात्रै समाधान हुने अपेक्षा राखेका छन । पीडितको गुनासो सुनेपछि सासद ज्ञानेन्द्र सिह महताले संविधानमै रहेको नागरिकको गासबास,कपासदेखिका आधारभूत आवश्यकताको ग्यारेन्टी गरेकाले त्यसको समधान गर्ने गराउने बताए । ‘अब आरक्षपीडितको समस्या समाधान संगै अहिलेसम्म कामै नगरेर भत्ता खाने आयोगमाथि पनि छानबिन हुन्छ, ‘उनले भने, ‘काम नगर्ने राज्यको भत्ता खानु पनि भ्रष्टाचार हो ।’

महताले शिबिरमा अस्थायी शौचालय, खानेपानीदेखि विद्युतको समस्या समाधानका लागि पहल गर्ने समेत आश्वासन दिएका छन । उनले आफ्नो घोषणा पत्रमा पीडितको समस्या समाधान गर्ने विषय उल्लेख गरिसकेकाले अब ज्ञापन पत्र बुझाउने जनताले सरकार खोज्ने नभई सरकारले जनता खोज्ने अवस्था आएको बताए ।


ताजा समाचार

spot_img