कञ्चनपुर: कञ्चनपुरका एक शैक्षिक धरोहर व्यक्तित्व हामीमाँझ रहेनन् । सिद्धनाथ विज्ञान क्याम्पसका उपप्राध्यापक नरेन्द्र सिह खत्री यो संशारमा रहेनन् । ५५ बर्षकै अल्पआयुमा खत्रीको निधन भएको जनाईएको छ । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका क्याम्पस प्रमुख डा. तिलमाया ढकालले प्राणीशास्त्रका उपप्राध्यापक खत्रीको मंगलबार आकस्मिक निधन भएको बताईन ।

खत्रीको निधनसंगै क्याम्पसलाई अपुरणीय क्षति पुगेको बताउँदै आत्माको चीर शान्तिको कामनासंगै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेकी छिन । महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्राध्यापक खत्रीको निधनले कञ्चनपुरको शैक्षिक क्षेत्रमा क्षति पुगेको जनाईएको छ । थत लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले खत्रीको अकल्पनिय निधनले जिल्लाको शैक्षिक क्षेत्रमा क्षति पुगेको बताए ।

मौनीले पनि आत्माको चीर शान्तिको कामनासंगै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन । मिलनसार आफ्नो कर्तव्यनिष्ट प्राध्यापक खत्रीको निधनसंगै कञ्चनपुरको शैक्षिक क्षेत्र शोकुकल भएको छ । शोकमा सिद्धनाथ विज्ञान क्याम्पस, लिटिल बुद्ध एकेडेमी सहितका शैक्षिक संघ संस्था, विद्यालय क्याम्पसमा शोक विदा समेत दिईएको छ । खत्रीको निधनसंगै घर परिवार शोकाकुल भएका छन, भने आफन्त साथीभाई सहकर्मी भावुक भएका छन ।







