सामुदायिक विद्यालयको भौतिक संरचना विस्तार गर्दै भीमदत्त नगरपालिका

 कञ्चनपुर,
 भीमदत्त नगरपालिका सामुदायिक विद्यालयको भौतिक संरचना विस्तारमा जुटेको छ । कोरोना कहरले विद्यालय थलिएका छन । तर, भौतिक संरचना अभावका कारण सामुदायिक विद्यालय थलिएकाले भीमदत्त नगरपालिकाले भौतिक संरचना विस्तार गर्न लागेको हो ।
नगरपालिकाले अघिल्लो आर्थिक बर्षदेखि नगरभित्र रहेका भौतिक अभाव भएका समुदायिक विद्यालयको संरचना निर्माणमा योजना ल्याएको थियो । गत बर्ष तीन र चालु बर्षमा समेत तीन सामुदायिक विद्यालयमा पक्की संरचना भवन विस्तार हुन लागेका छन ।
भीमदत्त नगरपालिका १ राजिपुर स्थित जेसिज माविमा भवन निर्माण कार्य शुरु भईसकेको छ । भने बुधबार एकैदिन भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको भृकुटी मावि र ३तिलपुरको बैजनाथ माविमा चार चार कोठे पक्की भवनको शिलान्यास गरिएको छ । दुवै विद्यालयका भवनको शिलान्यास गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सामुदायिक विद्यालयको स्तरबृद्धिकालागि भौतिक संरचना विस्तार गरिएको बताए । मेयर विष्टले भवनका सुधारका साथै शैक्षिक समाग्री, प्रविधिमैत्री पुस्तकालय, शौचालय, फिल्ड, भवन मर्मतका साथै सामुदायिक विद्यालयका कार्यरत शिक्षकको थप क्षमता अभिबृद्धिका साथै विद्यालयप्रति उत्प्रेरित कार्यक्रम संचालन गरिने बताए ।
सामुदायिक विद्यालयमा नगरपालिकाबाट भवन अपुग भएका भवन निर्माण गर्न थाले्पछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक हर्षित भएका छन । बैजनाथ मावि तिलपुरका प्रअ मदन विष्ट र भृकुटी माविका पअ केशर महराले भवन अभावका बेला नयाँ भवन निर्माणसगै पठन पठानमा सहज हुने बताएका छन् । नगरपालिकाले ५५ विद्यालयकै भौतिक संरचना सुधारका साथै विद्यालयका चौतर्फि विकासका लागि योजना अघि सारेको छ ।

ताजा समाचार